शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

आर्मीद्वारा प्रदेश दुईलाई २७९ रनको टार्गेट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल अमार्मी क्लबले प्रदेश दुईलाई २७९ रनको लक्ष्य बनाएको छ ।

- Advertisement -

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको हो । आर्मीको ठूलो स्कोरमा राजु रिजाल, विनोद भण्डारी र रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

ओपनिङमा आएका राजु र कप्तान विनोदले पहिलो विकेटका लागि १२१ रनको साँझेदारी गरेका थिए । २१.१ ओभरमा विनोद ६६ रनमा आउट भए।

- Advertisement -

क्रिजमा टिकी रहेका राजु शतक बनाउनबाट १० रनले चुके । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै आर्मीकाल लागि रोहित कुमार पौडेलले ४७ रन बनाए । अर्धशतक बनाउनबाट चुकेका रोहितले ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, हरि चौहानले २६ रन बनाए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।

अब केही बेरमा प्रदेश दुईले ब्याटिङ गर्नुहुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -