मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

प्रहरीको आन्तरिक निर्देशन – ‘विप्लवले आक्रमण गर्न सक्छन्, अलर्ट रहनू, एक्लै नहिँड्नू’

सिफारिस

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आक्रमण गर्नसक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको छ । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको हो । मंगलबारमात्रै नेकपाको मेची ब्यूरोले एक विज्ञप्ति जारी गर्दै सादा पोशाकमा खटिएका र सुराकी गर्दै हिँड्नेलाई आफ्ना गतिविधी बन्द गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सर्तक रहन मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गरेको हो ।

- Advertisement -

मंगलबार मात्रै भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा प्रहरीसँगको मुडभेडमा विप्लव नेकपाका कार्यकर्ता तिर्थराज घिमिरेको ज्यान गएको थियो । प्रहरीको गोलीबाट घिमिरे मारिएपछि विप्लव समूह आक्रोशित बनेको र प्रहरीलाई निशाना बनाउनसक्ने भन्दै सतर्कता अपनाइएको जनाइएको छ । प्रहरीले बिहीबार मात्रै मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको छ । योबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको ती अधिकारीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -