Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रहरीको आन्तरिक निर्देशन – ‘विप्लवले आक्रमण गर्न सक्छन्, अलर्ट रहनू, एक्लै नहिँड्नू’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आक्रमण गर्नसक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको छ । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको हो । मंगलबारमात्रै नेकपाको मेची ब्यूरोले एक विज्ञप्ति जारी गर्दै सादा पोशाकमा खटिएका र सुराकी गर्दै हिँड्नेलाई आफ्ना गतिविधी बन्द गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सर्तक रहन मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गरेको हो ।

मंगलबार मात्रै भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा प्रहरीसँगको मुडभेडमा विप्लव नेकपाका कार्यकर्ता तिर्थराज घिमिरेको ज्यान गएको थियो । प्रहरीको गोलीबाट घिमिरे मारिएपछि विप्लव समूह आक्रोशित बनेको र प्रहरीलाई निशाना बनाउनसक्ने भन्दै सतर्कता अपनाइएको जनाइएको छ । प्रहरीले बिहीबार मात्रै मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको छ । योबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको ती अधिकारीले बताए ।

ताजा समाचार

थप समाचार