पर्साको जिरावभानी गाउँपालिकामा सार्वजनिक सुनवाई सम्पन्न

spot_img

सखुवाप्रसौनी १० जेठ –  पर्साको जिराभवानी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता मा बि जितपुर नौकाटोलामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उत्साह जनक रुपमा गाउँपालिकाका जनताहरु सहभागी भएका छन् ।

कार्यक्रममा गाउँपालिकाले शिक्षा,स्वास्थ्य,विकास निर्माण लागयतका क्षेत्रमा गरेको कामहरुको बिषयमा आम सर्वसधारणले उठाएका सवालहरुको गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरु तथा गाउँपालकाका कार्यकारी अध्यक्षले जवाफ दिएका थिए । कार्यक्रमको. संयोजन गरेको सहयोगी नेपालका तबरेज आलमले संस्थाले गाउँपालिकामै पुगरेको गरेको नमुना सर्वेको नतिजा पनि प्रस्तुत गरेका थिए । वडा नं. ३ का अध्यक्ष उमेश कुमार सिंहको अध्यक्षता तथा गाउपालिका अध्यक्ष रामप्रति महतो प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जनताले उठाएका प्रश्नको जवाफ गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले जनतालाई प्रष्ट हुने गरी दिएका थिए ।

जनताहरुले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा रहेको बेथिती वारे जोडदार अवाज उठाएका थिए ।
गाउँपालिकाका अध्यक्ष महतो तथा प्रमुख प्रशासकिय अधिकृत गिरीले गाउँपालिकाको तर्फबाट भएको कमि कमजोरीहरुलाई अगामि दिनमा सच्याउँदै लाने तथा गाउँपालिकाको तर्फबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाईने तथा बिकास निर्माणको कार्यको अनुगम चुस्तदुरुस्त बनाउँने प्रतिबधता गर्नु भयो ।  आमसर्वसधारणले उठाएका प्रश्नको उतर गाउपालिका अध्यक्ष रामप्रति महतो, उपाध्यक्ष उषा देबी थरुनी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाअध्यक्ष शेख नुमान, महादेव महतो लगायतले दिएका थिए भने कार्यक्रमको सहजिकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए । गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रमको वीरगन्जबाट संचालित समुदायिक एफ. एम. नारायणी एफ.एम १०३.८ मेगाहर्जले प्रत्यक्ष प्रशासन गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय