मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

भ्रष्टाचार गर्ने सेनाका कर्नेल बर्खास्त, ३ महिना जेल सजाय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ ।

- Advertisement -

उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो । अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय सुनाइएको हो ।

चुरे संरक्षणअन्तर्गत ताल संरक्षणका लागि प्राप्त बजेटमा घोटला भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा वैशाख ५ गतेदेखि कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो । छानबिनबाट कार्कीले भ्रष्टाचार गरेको देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ ३ गते सुनुवाई सकिएपछि शुक्रबार फैसला सुनाइएको हो ।

- Advertisement -

उनले हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -