spot_img

निस्टदद्वारा ठोरी ४ बिजयबस्ती रहेको माबी बिजयबस्तीलाई निशुल्क कम्प्युटर तालिम संचालन

spot_img
spot_img

जेठ ११,
सामाजिक सँस्था निस्ट सोसाइटीले ठोरी ४ मा रहेको श्री माध्यमिक विद्यालय विजयवस्तिमा आजदेखि निशुल्क आधारभुत कम्प्युटर तालिम सन्चालन गरेको छ।निस्टले यसअघि गत जेठ ६ गतेदेखि ठोरी ३ मा रहेको श्री नेरा मावि ओडारमा पनि कम्प्युटर तालीम सन्चालन गरिरहेको छ।

ठोरी गाउँपालिकाका युवाहरुद्वारा गठित सामाजिक सँस्था निस्टले आयोजना गरेको तालिमको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले उद्घाटन गरेका छन् ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उपसभापति न्यौपानेले निस्टले थालेको सामाजिक अभियानको सर्हाना गर्दै यसले ठोरीको युवाहरूमा सामाजिक भावनाको विकास गर्ने विश्वास व्यक्त गरे।उनले कार्यक्रममा ठोरीका सबै सामुदायिक माध्यमिक विद्यालयमा सुचनाप्रविधिको सामग्री लगायत कम्प्युटर खरिद गर्न आफुले पहल गरिरहेको जानकारी दिए।सोही कार्यक्रममा निस्टका सचिव सोम श्रेष्ठले निस्ट विशुद्ध सामाजिक सँस्था भएको बताउँदै आफू जन्मेको ठाउँको मायाले ओतप्रोत भएर नै युवाहरूको व्यक्तिगत इच्छाशक्ति र जमर्कोमा निस्ट जन्मिएको विचार व्यक्त गरे।कार्यक्रमका विशिस्ट अतिथि समेत रहेका श्रेष्ठले आफू जन्मेको ठाउँको विकासमा सबैले ध्यान दिन सके चाडै नै विकास हुने बताउँदै निस्टको माध्यमबाट सबै युवाहरूलाई सामाजिक कार्यमा गोलबन्द हुन र समाजको रुपान्तरणमा सहभागी हुन आग्रह गरे।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै साबिक निर्मलवस्ती गाविसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठले निस्ट विशुद्ध सामाजिक सस्था भएकाले आगामी दिनमा अझ धेरै समाज विकासका कार्य गर्नुपर्ने खाचो औल्याउँदै निस्टले धेरै भन्दा धेरै सामाजिक काम गर्न सकोस् भनी शुभकामना व्यक्त गरे।

सामुदायिक रेडियो विजयवस्तिका अध्यक्ष सन्तोष श्रेष्ठले २०७० देखि सरकारले सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पाठ्यक्रम लागू गरेको भएपनि जनशक्ति अभावमा कम्प्युटर विषय नै बोझ बनेको भन्दै निस्टले थालेको अभियानले कम्प्युटर विषय अध्ययनअध्यापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।उनले कम्प्युटर पाठ्यक्रम व्यवस्था गरेर जनशक्ति परिचालन गर्न सरकार उदासीन भएको बेला निस्टले कम्प्युटर शिक्षामा ध्यान दिएकोमा खुसी व्यक्त गरे।यसैगरी सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाली काङ्ग्रेसका पर्सा जिल्ला समिति सदस्य राम बहादुर श्रेष्ठले निस्टले आगामी दिनमा समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेकपाका युवा नेता खगेन्द्र श्रेष्ठले पछिल्लो समय सूचना प्रविधिमा भएको विकासले कम्प्युटरको महत्त्व असाध्यै बढिरहेका बेला निस्टले कम्प्युटर तालिम सन्चालन गरेकोमा प्रशंसा गर्दै स्थानीय सरकारले पनि यस्ता सामाजिक सँस्थालाई समाज विकासमा साथ लिएर हिड्नुपर्ने धारणा राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विव्यस पदाधिकारीहरु,स्थानीय अभिभावक , विद्यालयका प्रधानाध्यापक,निस्टका सदस्यहरु लगायत शिक्षक विद्यार्थीको सहभागीता थियो।कार्यक्रममा प्रधानाध्यापक नारायण लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

श्री माध्यमिक विद्यालय विजयवस्तिका २५ जना विद्यार्थीहरु सहभागी तालिम ४५ दिनसम्म सन्चालन हुने आयोजक निस्टका सदस्य खडक श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय