Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

अप्सराको ठगी धन्दा यसरी भयो पर्दाफास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ १२ जेष्ठ — अपराध महाशाखा काठमाडौंको टोलीले सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी अप्सरा श्रेष्ठ कार्कीलाई शुक्रबार पक्राउ गरेको हो ।

३६ बर्षिय श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउने विभिन्न व्यक्तिलाई बढिमा २०र२५ हजार ऋण सापटी दिने गर्थिन् । त्यसबापत ऋणीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाउँथिन् ।

हस्ताक्षर गराई सकेपछि उनले ती चेकहरूमा आफूखुसी रकम भर्थिन् र चेक बाउन्स गराउँदै दुस्ख दिने गर्थिन ।

महाशाखा प्रमुख सहकुल बहादुर थापाका अनुसार श्रेष्ठले ऋण फिर्ता गर्ने लाई समेत रकम फिर्ता नगरेको भन्दै चेक बाउन्स गराएर दुस्ख दिने गर्थिन् ।

उनीविरुद्ध ६ जनाले महाशाखामा उजुरी दिएका थिए । सोही उजुरी माथि छानविन गर्ने क्रममा उनको यस्तो ठगी ठन्दाको खुलासा भएको हो ।

प्रहरीले फेन्सी व्यवसाय गर्दै आएकी उनीबाट विभिन्न बैंकका ब्ल्यांक चेक ३२ थान, आफूखुसी रकम उल्लेख गरेका चेक ३५ थान र बाउन्स गरिएका चेक ७ थानका साथमा हिसाव किताव राखेको कापी ३४ थान, डायरी र रजिष्टार बरामद गरेको छ ।

बरामद गरिएका ३४ थान चेकमा श्रेष्ठले एक करोड ३४ लाख ६२ हजार बराबरको रकम भरेको पाइएको छ । यस्तै बाउन्स गरिएका चेकमा ५६ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार