spot_img

गर्मीमा उँखुको जुस शरिरको लागि एदमै फाईदा

spot_img
spot_img

गर्मीको समय छ । डिहाइड्रेशनको समस्या हुन सक्छ । यस्तो बेला उत्तम पेय पदार्थ उँखुको जुस नै हो । गर्मीमा उँखुको जुस पिउँदा शरीरलाई शितलता र स्वास्थ्य राख्नमा सहयोग पुग्छ ।

उँखुको जुसमा क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम, फाइबर समेत हुन्छ । सफा र स्वास्थ्यकर जुस पिउँदा शरीरमा शितलता प्रदान हुन्छ । थकान भगाउँछ । कतिपय शारीरिक समस्या समाधान हुन्छन्।

उँखुको जुसमा हुने एमिनो एसिड पाइन्छ। यसले तनाव उत्पादन गर्ने हर्मोनलाई सन्तुलित राख्नमा सहयोग गर्छ। उँखुको जुसले अनिन्द्राको समस्या पनि समाधान गर्छ ।

उँखुको जुसमा पोटासिम पाइन्छ। नियमित उँखुको जुसले उच्चरक्तचाप सन्तुलित राख्न मद्दत गर्छ। गर्मीका कारण हुने छालाको समस्या समाधानमा पनि उँखुको जुसले सहयोग गर्छ।

भोक लागेको बेलामा उँखुको जुस पिउँदा तुरुन्तै शक्ति प्राप्त हुन्छ। शरीरमा सुगरको लेभललाई पनि सन्तुलित राख्छ। गर्भावस्थाको बेला उँखुको जुसले मेटाबोलिज्म तथा पाचन दुरुस्त राख्नमा सहयोग पुग्छ।

उँखुमा हुने क्याल्सियम एवं फस्फोरसले दाँतको बाहिरी भागको सुरक्षा गर्छ । उँखुको जुसमा क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम लगायतका तत्वहरु हुने भएकाले शरीरको हड्डी बलियो बनाउँछ । हड्डी खिइने समस्या रोक्न सहयोग गर्छ ।

कतिपय अध्ययनले उँखुको जुस पिउँदा शरीरमा खराब कोलेस्टेरोललाग्इ घटाउन सहयोग पुराएको देखिएको छ। त्यसैले मुटु सम्बन्धी समस्या घटाउनमा पनि उँखुको जुस फाइदाजनक मानिएको छ ।

फाइबर पनि हुने भएकाले पेट दुख्ने, एसिडिटी , कब्जियतमा पनि उँखुको जुस फाइदा गर्छ। एक दिनमा दुई गिलास भन्दा बढी पिउँदा शरीरलाई हानी पनि गर्न सक्छ । बासी जुस पिउनु हुँदैन। सडेको उँखुबाट जुस निकालिएको होरहोइन ख्याल गर्नु पर्छ ।

तर, बाटो नजिकै अव्यवस्थित गरी बेच्न राखिएको जुस पिउँदा संक्रमण हुन सक्ने जोखिम हुन्छ। झिंगा लागेको वा फोहोर ठाउँमा भएको स्थानमा गई जुस पिउनु हुँदैन । त्यसैले बेच्न राखिएको ठाउँको सरसफाई हेरेर मात्र जुस पिउनु पर्छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय