[ndc-today-date]
[ndc-today-date]

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाण्डूमा विस्फोटनपछि सुरक्षा कडा; ‘१२ सन्दिग्ध व्यक्ति पक्राउ’

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राजधानी काठमाण्डूमा आइतवार साँझ चार जनाको ज्यान जाने गरी विस्फोट भएपछि कुनै पनि शङ्कास्पद वस्तु वा गतिविधि भए प्रहरीलाई सूचना दिइहाल्न गृह मन्त्रालयले अनुरोध गरेको छ।

- Advertisement -

गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार राजधानीको कपन-सुकेधारा र घट्टेकुलो-अनामनगर क्षेत्रमा आइतवार साँझका विस्फोटनपछि दुई जनाको घटनास्थलमा र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा ज्यान गएको थियो।

उनका अनुसार घाइते भएका ७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। नेपाल प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा १२ जना पक्राउ परिसकेका छन्। अन्य सन्दिग्ध व्यक्तिहरूको खोजी जारी रहेको उसको भनाइ छ।

- Advertisement -

सुरक्षा व्यवस्था कस्तो?

नेपाल प्रहरीको भनाइमा “आम नागरिकलाई निर्धक्क भएर हिँडडुल गर्न वा काममा जान मिल्ने गरी सुरक्षाकर्मी परिचालन” गरिएको छ।

सोमवार अमनचयनमा खलल पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी देशैभरि सुरक्षा सतर्कता बढाइएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, “हामीले सुरक्षा व्यवस्था सशक्त बनाएका छौँ।

उनले बीबीसीसँग भने, “सुरक्षाबारे विश्वस्त भएर दैनिक काममा जान हामीले सर्वसाधारणलाई आग्रह गरिरहेका छौँ। डराउनु पर्ने अवस्था छैन।”

परिचालित सुरक्षाकर्मीको सङ्ख्या खुलाइएको छैन।

विस्फोट कसले गरायो?

बीबीसी नेपाली सेवाको विहानीपख कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विस्फोट गराउने समूहको पहिचान भइसकेको भएपनि त्यो समूहको नाम लिन चाहेनन्।

उनले भने, “सरकारले घोषणा गरेको विध्वंसकारी समूह विस्फोटनका लागि जिम्मेवार भएको प्रमाणहरू प्रहरीले घटनास्थलबाट फेला पारेको छ।”

उनले कुनै पनि स्थानमा शङ्कास्पद गतिविधि भएको वा शङ्कास्पद वस्तु फेला परेमा सर्वसाधारणलाई तत्कालै प्रहरीलाई सूचना दिन आग्रह गरिएको बताए।

उनका अनुसार आइतवार गृह मन्त्रालयमा बसेको बैठकले पनि देशैभरि सुरक्षा व्यवस्था कडा पार्ने र शङ्कास्पद क्रियाकलापमा लाग्ने व्यक्तिलाई नियन्त्रणमा लिने लगायतका निर्णय गरेको बताए।

विस्फोटनको सोमवार बिहानसम्म कुनै पनि समूहले औपचारिक रूपमा जिम्मेवारी लिइसकेको छैन।

from bbc/nepali

ताजा समाचार

spot_img

थप समाचार