[ndc-today-date]
[ndc-today-date]

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...

सर्लाहीमा नागरिकताको प्रतिलिपि बनाउन...

सर्लाही,०६ चैत । राज्यको नीति अनुसार सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्ने...

भारतीय प्रधानमन्त्री मोदी साउदी...

काठमाडौं, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख ९ र १०...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रधानमन्त्री कपमा प्रदेश ३ को पहिलो जित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ जेठ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुआत गरेको छ ।

- Advertisement -

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको हो । १२३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २१.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

प्रदेश ३ को जितमा रित गौतम र रविन जोशीले ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए । रितले ३७ रन बनाए भने रविनले ३५ रन बनाए । त्यस्तै इशान पाण्डे २१ रनमा अविजित हुदा आदिल खान १२ रनमा नटआउट रहे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का भने एक रनमा क्याच आउट भए ।

- Advertisement -

बलिङतर्फ अनिल खरेल र सिद्धान्त शाहीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अलआउट हुदै १२२ रन मात्रै बनाउन सक्यो । प्रदेश पाँचका लागि शुभेन्दु पाण्डेले २० र सुरज दरालले १८ रन बनाए ।

बलिङतर्फ कप्तान पारसले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर २४ रन खर्चिदै चार विकेट लिएका हुन् । त्यस्तै, सूर्य तामाङले तीन र नन्दन यादवले दुई विकेट लिए ।

ताजा समाचार

spot_img

थप समाचार