Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

प्रधानमन्त्री कपमा प्रदेश ३ को पहिलो जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ जेठ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको हो । १२३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २१.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

प्रदेश ३ को जितमा रित गौतम र रविन जोशीले ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए । रितले ३७ रन बनाए भने रविनले ३५ रन बनाए । त्यस्तै इशान पाण्डे २१ रनमा अविजित हुदा आदिल खान १२ रनमा नटआउट रहे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का भने एक रनमा क्याच आउट भए ।

बलिङतर्फ अनिल खरेल र सिद्धान्त शाहीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अलआउट हुदै १२२ रन मात्रै बनाउन सक्यो । प्रदेश पाँचका लागि शुभेन्दु पाण्डेले २० र सुरज दरालले १८ रन बनाए ।

बलिङतर्फ कप्तान पारसले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर २४ रन खर्चिदै चार विकेट लिएका हुन् । त्यस्तै, सूर्य तामाङले तीन र नन्दन यादवले दुई विकेट लिए ।

ताजा समाचार

थप समाचार