शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

लोकतन्त्र बचाउनका लागि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेको आरोप लगाएका छन् । वर्तमान कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरिसकेकाले त्यसको प्रतिवाद गर्न कांग्रेस तयार हुनुपर्ने देउवाको भनाइ छ ।

- Advertisement -

लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको पहिलो दायित्व भएको उल्लेख गर्दै देउवाले त्यसका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै देउवाले लोकतन्त्रका लागि लडेको कांग्रेसले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ सभापति देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

- Advertisement -

धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘लोकतन्त्रका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गरिरहने छ,’ देउवाले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -