spot_img

बजेट वितरणमुखी भयो: बाबुराम भट्टराई

spot_img
spot_img

काठमाण्डौं,१६ जेठ – पूर्वअर्थमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले बुधबार सार्वजनिक भएको बजेट गुणात्मक परिवर्तनका लागि नभएको दाबी गरेका छन्।

बजेट घोषणापछि संचारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले विगतकै संरचनालाई बजेटले निरन्तरता दिएको आरोप लगाए।

‘संरचनागत परिवर्तनका लागि जुन गुणात्मकता बजेटमा आउनु पर्ने हो, त्यो देखिएन, पुरानै वितरणमुखी योजनालाई बजेटले निरन्तरता दिएको छ’ उनले भने।

बजेटले ५ लाख रोजगार सिर्जना गर्ने लक्ष्य लिए पनि त्यसको आधार बजेटले देखाउन नसकेको उनले बताए। मुलुकको निजी क्षेत्र र लगानीकर्तालाई बजेटले उत्साह भर्न नसक्ने उनको आरोप छ।

सामाजिक सुरक्षाका सन्दर्भमा बजेटले गरेको व्यवस्थाप्रति भने उनले सकारात्मक रहेको तर्क गरे। त्यस्तै स्वदेशबाट निर्यात गरिने बस्तुमा दिइएको सहुलियतका कुरा सकारात्मक रहेको उनले औंल्याए।

कुल १५ खर्ब ३२ अर्बको बजेट घोषणा गरेको सरकारले ६२।४ प्रतिशत रकम चालुगततर्फ रहेको छ। २६। ६ प्रतिशत पुँजीगत खर्च तर्फ र ११ प्रतिशत वित्तीय क्षेत्र व्यवस्थापनतर्फ बजेट छुट्याइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय