Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

सानो पाइलाद्वारा “पुर्ननिर्माण बारा” अभियान शुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १६ जेठ — गत चैत्र १७ गते आएको बिनाशकारी हावाहुरीका कारण आवास बिहीन भएकाहरुको तथा पुर्ण रुपमा क्षति भएकाहरुको घर निर्माणमा नेपाली सेना जुटीरहेको छ ।
बाराको पुरैनिया, भलुही, भरवलिया, फेटा लगायतका क्षेत्रमा बर्षा अगाबै १ हजार ४ सय ५३ घर निर्माणका लागि सरकारले ८४ करोड ४६ लाख ८० हजार रुपैया बिनियोजन गरेको छ ।

सम्बन्धित स्थानिय तहको सिफारिसमा घर निर्माण गरेको हुदा १ हजार ४ सय ५३ घर भित्र कतिपय पुर्ण क्षति भएका घरहरु नसमेटिएको र कतिपय आंशिक क्षति भएकाहरुको पनि पुर्ण क्षतिमा समेटिएको गुनासो पिडितको छ । फलस्वरुप त्यस्ता आंशिक तथा पुर्ण रुपमा क्षति भएर पनि १४५३ घरमा नसमेटिएका घरहरुको निर्माण का लागि गैर सरकारी संस्था सानो पाइलाले बिभिन्न सहयोगि संस्थाहरुको सहकार्यमा “पुर्ननिर्माण बारा” अभियान सन्चालन गरिरहेको छ । सानो पाइलाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी हाल सम्म सो अभियानका लागि ५ लाख रुपैया संकलन गर्न सकेको जानकारी गराएको छ ।
सानो पाइला बीरगंजका संचालन प्रमुख जय साह द्वारा बिहीवार जारी बिज्ञप्तीमा सरकारले छुटाएका हावाहुरी पिडितको लागि आवास निर्माण गर्न सामान्य, आँशिक तथा पुर्ण रुपले क्षति भएका घर निर्माण तथा पुर्ननिर्माण गर्न जनाइएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा सानो पाइलाका बिकास र रणनिति प्रमुख बिक्रम उपाध्यायले अँभै सम्म पनि बास्तबिक पिडित सरकारी राहत र योजनामा नअटाएको गुनासो गरेको हुँदा यस्तो किसिमको फितलो समन्वय र नेतृत्वको कमजोरीका कारण पिडितहरुलाइ उपेक्षित गरिएको बताउनुभयो ।

हावाहुरीको चपेटामा परेकालाई सानो पाइलाले राहत र उद्धार सँगै बिद्युत आपुर्तिका लागि १ सय घरधुरीमा सौर्य उर्जा समेत जडान गरेको थियो । बिहीवार आयोजित पत्रकार सम्मेलनमा मार्फत संस्थाले “पुर्ननिर्माण बारा” अभियानका लागि सहयोग गर्नुहुने सबै संघ संस्था तथा ब्यक्तिहरुलाइ धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यसरी साथ र सहयोगको अपेक्षा गरेको छ ।

ताजा समाचार

थप समाचार