काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।
काठमाडौँमा शुक्रबारबाट शुरु भएको ‘एशिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अव विकास निर्माणको कामले तीव्रता पाउने पनि दोहो¥याए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको दावी पनि गरे । सो सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान दिने पनि मन्त्री ज्ञवालीको विश्वास छ ।