निजगढ र पथलैयाबीच बस लुटियो

spot_img

बारा — शुक्रवार बिहान पूर्व–पश्चिम राजमार्गको निजगढ र पथलैयाबीचको १३ किलोमिटरमा एक बसमा लुटपाट भएको छ ।  निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाका अनुसार काठमाडौंबाट महोत्तरीको जलेश्वर जाँदै गरेको ना७ख २७९० को रात्रि बसमा लुटेराको समूहले लुटपाट गरेका हुन् । लुटेराहरुले चालक र सहचालकलाई कुटपिट गर्दा दुबैजना समान्य घाइते भएका छन् ।

स्कोर्पियो जीप र २/३ वटा मोटरसाइकलमा आएका ६/७ जनाको समूहले सडक अवरोध गरी चालकलाई कुटपिट गरी सहचालकसँग ४५ हजार नगद र मोबाइल सेट एकथान लुटेर लगेको प्रहरी निरीक्षक लामाले बताए ।

घटना स्थल निजगढबाट ७ किमी पश्चिम जंगलमा पर्छ । बसका यात्रुले प्रतिकार गर्न थालेपछि लुटेरा समूह भागेको थियो । लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिइ उनकै बयानका आधारमा अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक लामाले जनाए । प्रहरीले पक्राउ गरेको लुटेरा समुहका व्यक्तिको नाम खुलाएको छैन् ।

सुरक्षा गस्तीको कम र राजमार्गको जंगल क्षेत्रमा रहेका सशस्त्र प्रहरीका अस्थायी सुरक्षा युनिट हटाएपछि लुटेराहरु सल्बलाउन थालेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय