गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ४ जना सिंहदरबारबाट पक्राउ

spot_img

काठमाडौं,०८ वैशाख । सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार पक्राउ परेका युवाहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका थिए। त्यस क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पछिल्ला केही दिनदेखि गृहमन्त्री गुरुङविरुद्ध सेयर कारोबारसम्बन्धी विवाद र साझेदारीको आरोप उठ्दै आएको भन्दै आलोचना भइरहेको छ। सोही पृष्ठभूमिमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका चार जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय