spot_img

जरामै पानी हालिएन भने पछि हालेर के काम ।

spot_img
spot_img

सम्पादकिय /मनोज पटेल
आज जन्मिएका बच्चाहरु भोली गएर देशको कर्णधार बन्ने छन् । यसमा कसैको दुई मत हुन सक्दैन् । त्यसकारण जन्मिने बच्चाहरु कसरी स्वस्थ जन्मिने हुन । यो निकै नै महत्वपूर्ण कुराहरु हो । देशको भोलिको भविष्य पनि यसबाट नै निरधारण हुनेछन् । जन्मिएका बच्चाहरु स्वस्थ भएन नै भने देशको स्वास्थ्यको अवस्थामा सुधार आउँन सक्दैनन् अथवा भोलि देश स्वस्थ्य रहन्छ भने ग्यारन्टी हुदैनन् ।

अतः देशको लगानी स्वस्थ बच्चा जन्माउँने तिर हुन पर्छ । स्वस्थ्य जन्मि सकेका बच्चाहरुको लालन पालनको कुरालाई पनि राज्यले त्यती नै गम्भीर रुपमा लिनु पर्छ । देशको भविष्यको पालनपोषण पनि निकै नै राम्रो तरिकाले हुनु पर्छ । अनि मात्र भोलि गएर देश समृध हुने परिकल्पना गर्न सकिन्छ । तर स्वस्थ्य बच्चा कसरी जन्मन्छ र उसको पालपोषण कसरी राम्रो तरिकाले हुन्छ भने कुरामा देशका निति निर्माण कर्ता गम्भीर देखिएका छैनन् । त्यसकापनि प्रदेश नं.२ मा गर्भवत्ती सुरक्षा,आमा सुरक्षा तथा बाववालिकालाई प्रदान गरिने पोषणको अवस्था निकै नै दनिय रहेको बिभिन्न अध्ययनहरुले देखाएको छ ।

प्रदेश २ का बारा,पर्सा रौतहट,सर्लाही लगायतका जिल्लाहरु वालवालिकाहरु कुपोषको सिकार भईरहेका छन् । अशिक्षा,गरिबी तथा स्थानिय स्तरमै भएका पोषिलो खाने कुरा कसरी बच्चाहरुलाई खुवाउने अज्ञान्ताका कारण धेरै वालवालिकाहरु कुपोषणको सिकार भईरहेको देखिएको छ । अहिलेका सना साना नानीहरुलाई राम्रो सँग पोषण दिन सकिएन भने भोली देश नै रोगी हुने अवस्था आउँन सक्छ । त्यस कारण सरोकारवाला पक्ष गम्भिर हुनु पर्ने देखिन्छ । अहिले स्थानिय सरकारको दायित्व यो कुरामा सबै भन्दा वढी दखिन्छ ।

वैदेशिक गैरसरकारी संस्थाहरुको लागानीमा देशमा संचालन भईरहेको आमा सुरक्षा कार्यक्रम तथा बहुक्षेत्रिय पोषण कार्यक्रमहरु पूर्व रुपमा असफल भईरहेका छन् भने अर्को तर्फ वालवालिका कुपोषणको सिकार भईरहेका छन् । तराईका जिल्लाहरुमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत क्याण्डर वितरण वाहेक खासै काम भएको देखिएको छैन् । सुनौलो हजार दिन नाम दिएर संचालन हुदै आएको कार्यक्रम पनि स्थानिय सरकारले संचालनमा ध्यान दिएको देखिएको छैन् । जरामै पानी हालिएन भने भोली वृक्ष ठूलो भए पछि जति पानी हाले पनि काम लाग्दैनन् भने कुराबाट स्थानिय सरकारहरु अन्भिज्ञ देखिएका छैन् ।

स्थानिय सरकारहरुको प्राथमितामा गर्भवत्ती सुरक्षा,आमा सुरक्षा तथा पोषण लगातका कुरा छैनन् । पर्साको नारायणी अस्पतालमा संचालित पोषण पूर्णस्थापना गृहमा अहिले पनि कुपोषित वालवालिकाहरु चापमा कमि आएको देखिएको छैन् । यसले के संकेत गर्छ भने अहिले पनि तराईका जिल्लाहरुमा कडा कुपोषणमा वालवालिका परी नै राखेका छन् । तर सरकारी स्थरबाट हुनु पर्ने कामहरु ठोस रुपमा अगाडी वढाउँन सकिएको छैन् । यसमा सरकाको ध्यान पुग्न जरुरी देखिन्छ भने ठोस प्याकेजको रुपमा कार्यक्रमहरु संचालन गर्नु पर्ने देखिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय