spot_img

प्रेस स्वतन्त्रताका लागि वीरगञ्जमा म्याराथन

spot_img
spot_img

वीरगञ्ज, २५ जेष्ठ – वीरगञ्जबाट प्रकाशित हुँदै आएको नेपालपोष्टडेलि अनलाईन पत्रिकाले आफनो पाँचौ वार्षिकोत्सवको अवसरमा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रेस स्वतन्त्रताका लागि दौड नाराका साथ वीरगञ्जको घण्टाघरबाट सुरु भएको म्याराथन लिंकरोड हुँदै बसपार्क नयाँ बाईपासबाट प्रतिमा चोक, पावर हाउस चोक, मुर्ली हूँदै घण्टाघरमा आएर टुंगिएको थियो ।

पत्रिकाका प्रकाशक सम्पादक मनोज पटेलको सभापतित्वमा सम्पन्न प्रतियोगितामा पुर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया प्रमुख अतिथी रहेका थिए भने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, संघीय प्रेस फोरम प्रदेश नं २ उपाध्यक्ष विजय कुशवाहा, नेपालपोष्टका समाचार सम्पादक राजेश मिश्रा, नेपालपोष्टका निर्देशक सन्तोष साह, वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीप राज कार्की, नेविसंघ ठाराब क्याम्पस ईकाई अध्यक्ष मनोज कुमार साह, नेवि संघका विकास तिवारी, सामाजिक अभियन्ता सरोज चौरसिया, पर्साका एथेलेटिक्स् प्रशिक्षक विश्वेश्वर पटेल, प्रगती फुड एण्ड बेभेरेजका निर्देशक अफरोज अहमद खान, मोदि ट्रेनिङ्ग सेन्टरका निर्देशक राहुल मोदि लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ प्रिन्स कुमार मुखिया, अनिल साह, शत्रुघन पटेलले क्रमशः प्रथम, द्धितीय, तृतिय स्थान हासिल गरेका थिए । त्यसैगरि महिला तर्फ संगीत यादव प्रथम भएकी थिईन् । विजयी भएकाहरुलाई प्रमुख अतिथी पुर्वमन्त्री अजय चौरसियाले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए ।

प्रिन्स कुमार मुखिया
अनिल साह
शत्रुघन पटेलले
महिला तर्फ संगीत यादव

पुरुषतर्फ प्रथम, द्धितीय र तृतिय भएकाहरुलाई क्रमशः रु ५०००, रु ३०००, रु १५०० र महिलातर्फ प्रथमलाई रु २००० को नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौरसियाले दुई तिहाईको बहुमतले बनेको वर्तमान सरकारले स्वतन्त्र प्रेसमा अंकुश लगाउन खोजेको आरोप लगाएका थिए । सरकारले ल्याउन लागेको मिडीया सम्बन्धी विधेयक सम्पुर्ण प्रेस जगतको घाटी निमोठ्ने काम भएको बताए ।

त्यसैगरि सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्दै नेपालपोष्टले यहाँका सामाचार समाग्री तथा युवाहरुको प्रतिभालाई पनि स्थान दिएको भन्दै खुशी व्यक्त गरे । म्याराथनले मानव शरीरलाई चुस्त दुरुस्त तन्दुरुस्त राख्ने बताए ।

वीरगञ्ज कलेजका प्रा लि का अध्यक्ष डा. दिपेन्द्र चौधरीले सरकारले प्रेस माथि अंकुश लगाउन खोजेको भन्दै आक्रोश पाखे ।

सरकारले मिडियामाथि दमन गर्दा नेपाली जनताले प्रेसको साथ दिने बताए । प्रेसलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्न खोजेको बताए ।

 

व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले समाजका भएका विकृती विसङ्गती तथा बढी रहेको भ्रष्टाचार विरुद्ध आवाज उठाउने माध्यम प्रेस भएको बताउँदै अहिलेकाे सरकारले मिडीया माथि हस्तक्षेप गर्न खाेजेकाे हुँदा प्रेस लाइ बलियाे बनाउनुपर्नेमा जोड दिए ।

“न तिर बनाउ, न तलवार बनाउ

सक्छाै भने एउटा अखवार बनाउ “

शिक्षा, स्वास्थ्य, महिला अधिकार, रोजगारी लगायतका सबै क्षेत्रका आवाजलाई समाचारको माध्यमबाट प्रसारण एवम् प्रकाशन गर्ने प्रेस जगतको घाँट निमोठेर कुनै पनि हालतमा समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार नहुने उनले दाबी गरे ।

पर्साका एथेलेटिक्स् प्रशिक्षक विश्वेश्वर पटेलले देशका ६ वटै प्रदेशमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता भई सक्दा समेत प्रदेश २ मा हालसम्म नभएको भन्दै आक्रोश पोखे ।

त्यसैगरि वीरगञ्ज महानगर तथा विभिन्न स्थानिय तहरुमा खेलाडी तथा खेलकुदको प्रोत्साहनका लागि विनियोजना गरिएको बजेट सम्बन्धीत क्षेत्रमा खर्च नभएको बताउँदै यस माथि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रमको समापन गर्दै अनलाईन पत्रिकाका प्रकाशक एवम् सम्पादक मनोज पटेलले समाचारमा सत्यता तथ्यता र निष्पक्षता नेपालपोष्टको मुलमर्म भएको बताए ।

५ वर्षे लामो यात्रामा आएका विभिन्न बाधा, व्यवधान तथा अवरोधहरु सामना गर्न हौसला तथा सुझाव प्रदान गर्ने सम्पुर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक, बौद्धिक वर्ग लगायतका पत्रिकासँग प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमले जोडिएका सबैमा धन्यवाद तथा बधाई ज्ञापन गरे । आगामी दिनमा समाचारमा विविधता नेपालपोष्टको अभिभारा रहने बताए ।

उद्धघाटन सत्रको सहजीकरण हेमन्त तामाङ्गले गरेका थिए भने समापन सत्रको सहजीकरण सरोज चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय