लेखक : मनोज पटेल
वीरगन्जमा धेरै अभियानहरु चलाईन्छ । केहि दिनका लागि सस्तो प्रचारवाजी गरिन्छ र नाम कमाउँने चर्चामा आउने वीरगन्जको एक परिचय नै बनि सकेको छ । गहकिलाो नारा दिएर नाम कमाउँने तथा पछि धन कमाउने तिर लाग्ने प्रवृति वीरगन्जमा हावी भईरहेको देखिएकोछ । विकास निर्माण, सहयोग, भ्रष्ट्रचार,सरफाई,व्यवस्थित वीरगन्ज,ग्रिनसिटि,अस्पताल सुधार,भिजिट मधेश,श्रिसिया नदी सफाई,वतावरण संरक्षण अभियान,कलकरखानाको धुवाँ नियन्त्रण,फोरह व्यवस्थापन,महिलालाई न्याय लगायतका अभियानहरु वीरगन्जमा चल्ने र विकने गरेका चर्चित अभियानहरु हुन । समाज परिवर्तन तथा विकास निर्माणको लागि अभियान चलाउँनु भनेको आफैमा सराहनिय कुरा हो ।
सच्चा मनले अभियान चलाउँनेहरुलाई सलाम गर्नैपर्छ । अभियन्ताहरुको अभिायनको वलमा धेरै ठाउँमा परिवर्तन भएको उदारहणहरु पनि छन् । तर अभियानको नाममा माल कमाउने र बाहिरी आवरण सेतो देखाई मनमा कपट राख्नेहरुसँग वीरगन्ज सवधान रहनै पर्छ । वीरगन्जमा चलाइएका अधिकांश अभियान असफल रहदै आएका छन् । पछिल्लो पटक देशै व्यापी रुपमै सार्वजनिक भुमि खोजीको अभिायान वीरगन्जमा चलि रहेको छ । यस भन्दा पहिला पनि धेरै अभियानहरु चलाइएको थियो । तर अभियानहरु वेअसर रहे । अर्को तर्फ अभियानमा लाग्नेहरु जहिले पनि चर्चा रहे ।
अभियानहरु धेरै चलाइएको भए पनि हाल सम्म वीरगन्जले सोचे जस्तो प्रगति तथा समृधि हासिल गर्न सकेको छैन् । तर धेरै अभियन्ताहरु मेटाई सकेका वीरगन्जमा प्रशस्त उदारहणहरु रहेका छन् । धेरैले अभियानकै नाम उच्च ओहदा सम्म पुगे तर अभियान सफल पार्न तिर खासै ध्यान दिएको उदारहणहरु छन् । अभियानको नाम व्यापारीहरुसँग चन्दा उठाउँने तथा प्रशासनमा पकट बनाई प्रशासनको दलाली गर्ने वीरगन्जमा धेरै छन् ।
मेहन्त गरी खाने भन्दा कुरा मात्र गरी खाने प्रवृति वीरगन्जमा डरलाग्दो हिसावले वढी रहेको छ । जुन वीरगन्ज वासीको लागि चिन्ताको बिषय वनि सकेको छ । त्यस कारण अभियान तथा अभियान्ता दुवैसँग सावधान बन्न जरुरी भईसकेको छ । पहिला अभियन्ताको पहिचान शतप्रतिशत गरौं अनि मात्र अभियानमा लागौ । एक चोटी अभियान शुरु गरी सके पछि अभियानलाई उच्चतम विन्दुमा पु¥याइ सफल नभए सम्म कसरत गरी नै राख्ने परिवाटीको विकास गर्ने तिर सवै मिलेर लाग्ने वेला आई सकेको देखिन्छ । वीरगन्जमा सहयोगी हातहरुको कमि छैन् । तर सहयोगका रकमहरु दुरुपयोग नगरौं, नगराऊ । नाम र चर्चाको लागि अभियान नगरौं ।