spot_img

सडक मापदण्ड फिर्ता गर्न सांसद खरेलको माग

spot_img
spot_img

काठमाडौँ,०२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुर क्षेत्रको सडक मापदण्ड परिवर्तनका कारण स्थानीय बासिन्दा मारमा परेको भन्दै उक्त निर्णय मन्त्रिपरिषद्बाट फिर्ता लिन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा को बैठकमा बोल्दै उनले ग्वार्खु–लुभु–लामाटार हुँदै पनौतीसम्मको करिब ४५ किलोमिटर सडक खण्डमा लागू गरिएको नयाँ मापदण्डले स्थानीयको सम्पत्ति उपयोगमा समस्या उत्पन्न भएको बताए।

उनले नेपालको संविधान को धारा २५ ले प्रत्याभूत गरेको सम्पत्तिको मौलिक हक नै व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरे। “ललितपुर–२ का बासिन्दा आफ्नो जग्गा र घरसमेत प्रयोग गर्न नपाउने अवस्थासम्म पुगेका छन्,” उनले भने।

सांसद खरेलका अनुसार राष्ट्रिय राजमार्ग सरह लागू गरिएको ६२ मिटर चौडाइको मापदण्डले सयौँ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयवासी विस्थापनको जोखिममा परेका छन्। यस्तो मापदण्डका कारण बस्ती नै प्रभावित हुने भन्दै उनले उक्त सडकलाई राष्ट्रिय राजमार्गको श्रेणीमा राख्न आवश्यक नरहेको धारणा राखे।

उनले अन्त्यमा जनतालाई प्रत्यक्ष असर पार्ने यस्तो निर्णय पुनर्विचार गर्नुपर्ने बताउँदै मन्त्रिपरिषद्ले लागू गरेको मापदण्ड फिर्ता लिन सरकारसँग आग्रह गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय