एक्काइसौं सताब्दीको आधुनिक समाज कुन दिशातिर अघि बढिरहेको छ भन्ने रौतहट लगायतको घट्नाले देखाउँछ । पत्याउनै नसकिने र सुनेर मात्र जिउ सिरिङ्ग हुने उक्त घट्नाले मानिसको मानसिक स्तरलाई उजागर गरिदिएको छ । कहि बाबु बाटै आफ्नै बच्चाको हत्या गरियो भने कतै आफ्नै बाबुबाट छोरीहरु बलात्कृत भएको घट्नाक्रमहरुले सामाजिक मर्यादाको अवस्थालाई छिया छिया पारिदिएको छ । अरु त अरु मन्त्रालयका उप(सचिव जस्तो मर्यादित पेशामा रहेका बाबुबाटै छोरी सुरक्षित रहिनन् भने अरु कसको कुरा गर्ने ? यसप्रकारको निच र घृणित हर्कतबाट नानीबाबुहरु आफ्नो घरमा आफ्नैअभिभावकबाट असुरक्षित रहेको कुराहरु उजागर हुन थालेको छ ।
जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा रौतहट मौलापुर नगरपालिका(६ पथरा बुधरामका रामकिशोर राय यादवले आफ्नै ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।यादव गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथीभाईको मुखबाट बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
वत्र्तमान समयमा सामाजिक हैसियत देखाउनको लागि सम्पन्न र धनवानको लाईनमा राख्न मानिस हदैसम्मको हर्कत गर्न थालेका देखिन्छन् । आधुनिक जिवनशैलीमा मद्ययपान सामाजिक विकृतिको जड रहेको कुरा सावित भइरहेको छ ।पैसाको लागि मानिस कति लालायीत छन् कि आफ्नो सन्तानको ज्यान लिनेसम्मको हर्कत गरिरहेका छन् । आर्थिक सम्पन्नताको मनोविज्ञानले ग्रसित समाज नाम र दामको लागि कतिबेला के हर्कत गर्नेहुन भनी कल्पना गर्न कठिन छ ।
आफ्नो आर्थिक हैसियत भन्दा बढी देखावटी आधुनिकताले आगामी दिनहरुमा आजको भन्दापनि भयंकर र अपत्यारिलो घट्नाहरु हुनसक्ने आनुमानलाई नकार्न मिल्दैन । मद्ययपान र विलाशिताले सामाजिन मर्यादालाई पछि छोड्दै गइरहेको छ । पश्चिमा जिवनशैलीलाई अंगाल्ने र आफ्नो मूल संस्कृति र नैतिकता विर्सदै जानुले नेपाली समाज गहिरो आपराधिक कृयाकलापमा अघि देखिएको हो । मात्र किताबी शिक्षा हासिल गरेर समाज परिर्वतन हुँदैन । सरकारले नैतिकवान र मर्यादीत सामाज निर्माणको लागि आफ्नो संस्कृतिलाई स्थापित गर्न प्राथमिताका साथ अघि सर्नुपर्र्छ । अन्यथा, नेपाली समाजको सामाजिक भविष्य डरलाग्दो हुनसक्छ ।