spot_img

सडक विस्तारप्रति सकारात्क सोच

spot_img
spot_img
आइतवार देखि वीरगन्जको मेन रोडको दुबैतर्फ २५/२५ मिटरको चिन्हो लगाउने कार्य प्रारम्भ भएको छ । सडक विभागले दिएको १५ दिने अल्टिमेटम सक्किएको भोलिपल्ट आइतवार देखि नै वीरगन्ज महानगर अन्तर्गत पर्ने त्रिभुवन राजपथको गण्डकदेखि वीरगन्ज भन्सार सम्मको राजमार्गको दुवैतर्फ चिह्न लगाउन सुरु गरिएको हो । चिन्हे लगाउने कार्यको शुभारम्भले मेनरोड बासी त्रसित बनेका छन् भने बहुतायत मानिसहरु मेनरोड छिटो भन्दा छिटो फराकिलो हुनुपर्छ भन्ने चाहेका छन् ।
करिब एकदशक देखि वीरगन्जको मेनरोड अत्यधिक भीडभाड र सवारीको चाँपलाई धान्नै सक्ने अवस्थामा छैन । र, प्रदेश २ को एकमात्र महानगरमा मानविय चहलपहल बृद्धि र सवारीको चाँप दिनानुदिन बढ्दै गइरहेकोले दुरगामी सोचका साथ मेनरोड फराकिलो गर्नुपर्ने कार्यलाई द्रुतगतिमा गर्नुपर्ने भनाई रहेको छ ।
तर, बिडम्बना तराई मधेशमा हुने काम राम्रो होस् वा नराम्रो राजनितिक छेंडछाड नहुने त कुरै छैन् । विकासे कामको क्रेडिट आफ्नो पोल्टामा नपर्ने सम्भावना आक्लन गरे सँगै विरोध वा विवादित बनाउने परम्परा बसेको छ यहाँ । कति मिटर फराकिलो हुनुपर्ने हो भन्ने कुरा भन्दा पनि कम्तिमा पनि सय बर्षसम्म धान्न सक्ने गरि मुख्य रोडको परिकल्पना वाञ्छनिय हुने तर्क कतिपयको छ ।
सडक विभाग हेंटौडाले सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना हटाउने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरेदेखि नै विभिन्न राजनितिक दलले १५/१५ मिटर गर्नुपर्ने जिकिर गरिरहेका छन् । महानगरपालिकाको नगरसभाले ०७५/७६ को निति तथा कार्यक्रममा महानगर क्षेत्रभित्र १५/१५ मिटर विस्तारको गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
यता मेनरोडबासी विभिन्न राजनितिक दलको भिन्न भिन्न किसिमका कुराले गर्दा अन्योलमा कति मिटर बिस्तार हुने भनी देधारमा रहेका छन् । सडक विभाग हेंटौडा २५/२५ विस्तार हुने अडानमा छ भने केहि राजनितिक दल १५/१५ मिटर । स्थानिय वास्तविता भने फरक फरक कोणमा बिभाजित देखिन्छ ।
विरगन्ज महानगरमा दुई धार देखिएको छ । मेनरोडबासी सकेसम्म न्यूनतम फराकिलो हुने चाहनाले उनीहरुको बोलीमा बोली मिलाएकाहरु तिर आकर्षित देखिन्छन् भने मेनरोड बाहेको जनसमुदाय सडक विभागको समर्थनमा देखिन्छन् । यो सत्य हो कि मेनरोड फराकिलो हुने क्रममा केहि घरधनीको उठीबास पनि हुन सक्छ । तसर्थ, सरकारले त्यसता नागरिकको क्षतिपूर्ति सम्बन्धमा सोच्नुपर्छ ।
आ—आफ्नो अडान भन्दापनि सकारात्मक र दुरगामी सोचका साथ अघि बढ्नु नितान्त आवश्यक छ । मेनरोड सडक विस्तारको बिषय बर्षौदेखि चर्चामा रहिआएको छ । तसर्थ, महानगरको उज्जवल भविष्यप्रति सबैले सकारात्मक सोच राखी अगाडि बढेमा सबैको भलाई सम्भव हुनेछ ।
spot_img

ताजा अपडेट

लोकप्रिय