spot_img

अख्तियारले विश्वास कायम राख्न सक्नुपर्छ

spot_img
spot_img
मिश्रा राजेश
कार्यवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र सबैभन्दा उपयुक्त र सख्त माध्यम हो भन्ने विश्वास जनसमुदायमा स्थापित भइरहेको देख्न सकिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले कानून विरोधी कार्यको गुनासो प्राप्त भए लगतै पक्राउ गर्ने र कार्यवाहीको प्रकृया थालनी गर्ने हुनाले हालका दिनहरुमा अख्तियार प्रति सर्वसाधारणको विश्वास अगुढ रुपले बढिरहेको देखिन्छ ।
तीन तहको सरकार स्थापित भएसँगै भ«ष्टाचारजन्य क्रियाकलाप पनि बढिरहेको छ । र, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रको जिम्मेवारी पनि थपिँदै गइरहेको छ । अवान्छित कार्य गर्ने कारकतत्वहरुलाई पक्राउ गर्ने र कार्यवाही गर्ने प्रकृयामा अख्तियारको पोख्त सकृयता देखिएपनि भ«ष्टाचारजन्य कृयाकलाप कमहुनुको साटो दिनदिनै बढिरहेको विभिन्न संचारमाध्यमा आइरहेको खबरहरुले पुष्टि हुन्छ ।
बाराको पँचरौता नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेंटौडाले मंगलबार रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा नायब सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेका छन् । नायब सुब्बा थापा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न रु.१४ हजार घुस लिने क्रममा पक्राउ परेका हुन् भने इन्जिनियर सतरा बाराको बेनौली अवस्थित नेरामाविको कम्पाउण्ड वाल निर्माण सम्पन्नताको प्रतिवेदनमा हस्ताक्षर गरे वापत लिईरहेको १५ हजार घुस रकम सहित पक्राउ परेका हुन् ।
अख्तियार अनुसन्धान आयोगको काम कार्यवाही प्रति कुनै किसिमको शंक उपशंका गर्ने ठाउँ देखिँदैन् । तथापि, अख्तियारद्वारा पक्राउ पर्ने कर्मचारी धरती लोकको र पक्राउ गर्ने अख्तियारका कर्मचारी अर्कै लोकको हुन् भन्ने होईन । मानव जीवनमा भएपछि आर्थिक प्रलोभनमा पर्नसक्ने प्रबल सम्भावना रहन्छ, चाहे ती कर्मचारी न्यायसम्पादन होउन् या कार्यसम्पादनमा ।
भ«ष्टाचारजन्य कृयाकलाप गर्ने कर्मचारी लगायतका मानिसहरु रंगेहाथ पक्राउ भए पश्चात् पनि मुद्धामा सफाई पाएका धेरै घट्नाहरु छन् । त्यसतै, कार्यवाही भोगिरहेका पनि छन् । तर, शंक गर्ने ठाउँ तब हुन्छ, जब रंगेहाथ पक्राउ परेका मानिस सफाई पाउँछन् । पटक—पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग माथि प्रश्न चिन्ह् पनि खडा नभएको हो भन्ने होईन ।
राज्यको राजश्वबाट पारिश्रमिक लिने कर्मचारीहरुले पदीय दायित्व, देश र आम नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । लोभ—लालच, माया मोहबाट आफूलाई टाढा राख्न सक्नु पर्दछ । अख्तियारले ठूला माछाहरुलाई समाउन असफल हुनु हुँदैन् । भ्रष्टाचारीहरु खुलेर हिँडने र सदाचारीहरु लुकेर बस्ने बिडम्बनापूर्ण अवस्था सिर्जना हुनु हुँदैन् ।
भ्रष्टाचार सरकारी निकायमा कार्यरत व्यक्तिहरुको एकल प्रयासबाट मात्र सम्भव हुन सक्दैन् । भ्रष्टाचार रोकथाम र उन्मूलनका लागि अख्तियारले सक्रियताका साथ लाग्नु पर्छ । र्भयाङ सफा राख्नलाई माथिल्लो सिढीबाट बढार्नुपर्छ । विभागीय प्रमुखहरुले आ—आफ्नो स्थानबाट तदारुकताका साथ काम गर्न सकेमा मात्र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिन्छ ।
spot_img

ताजा अपडेट

लोकप्रिय