बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता

spot_img

काठमाडौं – अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो। यस्तै हालसम्म २६ जना बेपत्ता भएका छन्।

जसमा १२ महिला र १४ पुरुष छन्। देशभरबाट एक हजार चार सय ४४ जनालाई सकुशल उद्धार गरिएको छ।

हालसम्म बाढीमा परेर १७ महिला र २१ पुरुषसहित ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय