२०७६ श्रावण १५ गते
विप्लव नेतृत्वको नेकपाले गरेको वन्दको कारण मकवानपुरको हेटौँडामा रहेका अधिकांश ब्यवसायहरु बन्द भएका छन् । बन्दको असर शिक्षालयहरुमा समेत परेको छ । बन्दको कारण मकवानपुरमा रहेका उच्चमावि तथा क्याम्पसहरु समेत बन्द भएका छन् ।
बन्दको कारण बजार क्षेत्र बन्द भएपनि सवारीहरु भने सञ्चालन रहेका छन् ।
बन्दको कारण हेटौँडामा पाँच ठाउँमा राखिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले निश्कृय पारिदिएको छ।




