रौतहट । नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्या रौतहट स्थित एक नगरपालिकाको वडा कार्यालयमा आगजनी गरिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिकाको तीन नम्बर वडा कार्यालयमा गत राती आगजनी भएको हो ।
अज्ञात समुहद्वारा मंगलवार मध्यरातमा वडा कार्यालयमा गरिएको आगजनी बाट कार्यालयभित्र रहेको फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको वडा अध्यक्ष रबि देवकोटाले जानकारी दिएका छन् ।
वडा कार्यालय परिसरमा बम जस्तो देखिने शंकास्पद वस्तुु भेटिएको छ ।
वडा कार्यालयमा आगजनी र उक्त शंकास्पद बस्तुु विप्लव समुहले नै बन्द प्रभावकारी बनाउन राखेको हुनसक्ने स्थानीयको अनुमान रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुपेन्द्र खत्रीले शंकास्पद वस्तुु बम नभई मानिसमा त्रास फैलाउन राखिएको नक्कली बम भएको र त्यसलाई डिस्पोजल टोलीले नष्ट गरिसकेको जानकारी दिए ।
यता, विप्लब समुहले आह्वान गरेको बन्दको जिल्लामा आंशिक प्रभाव परेको छ ।
विगतको तुलनामा लामो तथा छोटोदुरीको चल्ने सवारी साधनको संख्या कम देखिएको जिल्ला टफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

