लोक सेवा आयोग बिरुद्धको आन्दोलन

spot_img

लोक सेवा आयोग स्थापनाको इतिहासमा पहिलो पटक यति धेरै बिबादमा घेरिएको छ । नेपालमा गठन भएको संवैधानिक निकायहरुमै सबै भन्दा अब्बल र विश्वासको पात्रको रुपमा आफ्नो छवी बनाउँन सफल रहदै आएको आयोगको साख यतिबेला गिरेको अभास भइरहेको छ । जनताको विश्वासको केन्द्र बिन्दुको रुपमा पनि आफुलाई लोकसेवा आयोग उभ्याउँन सफल रहदै आएको इतिहास छ । तर पछिल्लो पटक लोक सेवा आयोगले निकालेको बिज्ञापनलाई लिएर उसको चर्को आलोचना भइरहेको छ ।

तर पनि लोक सेवा आयोग आफ्नै गतिमा अगाडी बढी रहेको देखिन्छ । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले चरणवद्ध आन्दोलन गर्दै आएको छ । तर पनि लोक सेवा आयोग आफ्नो निर्धारित कार्य तालिका अनुसार नै अगाडी वढेको देखिन्छ ।

आयोग बिरुद्धको आन्दोलनले राष्ट्रिय रुप लिइसकेको अवस्थमा पनि लोक सेवा आयोग त्यसको कुनै परवाह नगरी अगाडी वढेको देखिन्छ । आरक्षण बचाउ आन्दोलन नाम दिएर आयोगको विज्ञापन विरुद्ध गोलबन्द भएर आन्दोलन भइरहेको छ ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित भएको लोक सेवा आयोगको असमावेशी विज्ञापनको विरुद्ध आन्दोलन भइरहेको छ । यो विज्ञापनलाई स्थगित नगरेसम्म आन्दोलन जारी रहने बताउँदै राज्य सरकार, लोकसेवा आयोग र अदालतको निर्णयलाई समेत विभेदकारी भन्दै व्यवहारको विरुद्ध तथा समानुपातिक समावेशी सिद्धान्त र राज्यका अंगहरूमा प्रतिनिधित्व सुनिश्चितताका लागि अन्दोलन जारी रहने अन्दोलनरत पक्षको भनाई छ । आयोगले भने अदालत पनि पदपुर्तीको ढोका खोलि दिएको भन्दै सो निर्णयलाई टेकेर अगाडी वढेको देखिन्छ ।

नेपाल आदिवासी जनजाति महासं, दलित गैसस महासंघ, तराई मधेश राष्ट्रिय परिषद्, राष्ट्रिय अपाङ महासंघ, पिछडा वर्ग लगायतका संघ संगठनहरुले अन्दोलनको अगुवाई गरी रहेको छ । देशको चर्चित तथा हाल सम्म बिबादमा नपरेको संस्था बिवादमा घेरी रहदा समेत कहि कतैबाट समस्या समाधानको लागि पहल नहुनु दुःखद रहेको छ । राज्यको तर्फबाट अथवा लोक सेवा आयोगको तर्फबाट कहिबाट आन्दोलनकारीहरुले समस्या समाधानको लागि ग्रिण सिगनल नपाएको बताउँदै आएका छन् । आफ्नै देशका सर्वोच्च नागरिकहरु रिसाउँदा रिझाउनका लागि सरकारको कुनै अंग अगाडी नवढनु उचित देखिएन् । जनता रिसाउँदा मनाउँनु पनि पर्छ अथवा उनीहरुको माग जायज छ भने पुरा पनि गर्नु पर्छ । देश सबै को हो सबैले देश प्रति गर्भ गर्न सक्ने अवस्था सृजना गरौं ।  लेखक : मनोज कुमार पटेल

spot_img

ताजा अपडेट

लोकप्रिय