मैले काम गर्न सकेन भने अर्को एसपी आउँछ : प्रहरी उपरिक्षक सोभेन्द्र सिह राठौर

"मेराे काम बारे डाटाले बोल्छ"

spot_img

वीरगन्ज,२९ साउन –  पर्साका प्रहरी उपरिक्षक सोभेन्द्र सिह राठौरले पर्सा प्रहरी अपराध नियन्त्रका लागि तदारुपताका साथ काम गरी रहेको वताउँनु भएको छ । पर्सा प्रहरी कुनै एक व्यक्ति विशेषलाई खुशी पार्ने काम गर्दैन् । कानुनले दिएको अधिकार अनुसार अगाडी बढछ । नेपाल प्रहरीको प्रस्तावना अनुसार हामी अगाडी बढछौं उनले भने प्रहरीको काम जनतालाई न्याय दिने हो, सोभेन्द्र सिह कसैलाई खुशी पार्न आएको होईन् ।

पर्सामा सुरक्षा चुनौती थपिएको वारे सोधिएको प्रश्नमा उनले घटना नहुने होईन, हुन्छ । त्यसलाई रोक्ने तथा अपराधीलाई समात्ने प्रहरीको काम रहेको छ । म आए पछि समान्य प्रकृतिका घटनाहरु पर्सामा नभएको होईन तर हामीले दोषीहरुलाई कारवाही पनि गरेको उनले दावी गर्नुभयो । दिपावलीमा पड्काउने पड्का कसैले नियतवस बजार क्षेत्रमा पड्काएको र त्यसबाट समान्य रुप दुई जनालाई चोट लागेको वताउँदै राठौरले भारतिय अपराधी नेपालमा सक्रिय भइरहेको छ, भने होईन् । हामीले १० बर्ष अगाडी देखि नै हुन सक्ने घटनाहरुको वारे अनुसन्धान तथा निरानीहरु गर्ने गरेको कारण आति हाल्नुपदैन् । मैले राम्रो काम गर्न सकेन भने अर्को एसपी आउँछ म न नै रहि रहनु पर्छ भने छैन् । मलाई पनि नगरानी गर्ने माथी निकायहरु रहेको राठौरले वताउँनु भयो ।

नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै प्रहरी उपरिक्षक राठौरले म राम्रो काम गरी रहेको छु भन्नु भन्दा पनि डाटाले बोल्छ । म आएको ६८ दिन मा राज्यले दिएको म्याडेट भन्दा बढी तस्करीका समान समातेर भन्सार दाखिला गरेको छु । बन्द भएका फाईलहरुलाई खोली फरार अपराधीहरु समात्ने कार्यलाई तिव्र बनाएको छु ,त्यसै गरी आई पर्ने घटनाहरुलाई पनि कसरी रोक्न सकिन्छ र भए घटनाका दोषीहरुलाई कसरी कारवाही गर्न सकिन्छ त्यस दिशामा इमान्दारीका साथ पर्सा प्रहरी काम गरी रहेको वहाँले वताउनु भयो ।

भारतबाट आउँने लागु औषध तथा नेपालबाट भारतका जाने गरेको लागु औषधलाई रोक्ने कामहरु भएको छ । भारी मात्रामा लागु औषध पटक पटक गरी बरामद गरीएको छ । भारतिय सुरक्षा कर्मीहरुसँग समन्वय गरी लागु औषध प्रयोग तथा ओसार पसारमा कडाई गर्ने कामहरु भएको राठौरको दावी छ ।

प्रहरी उपरिक्षक राठौरले आफु प्रचारमा भन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएको वताउँदै आफ्नै कार्यकालमा अपराधीलाई पक्राउ गर्ने, तस्करी रोकथाम राजस्व दाखिलाको पुरानो रेर्कड तोडने वताउँनु भयो । प्रहरी संगठन भित्र सवै राम्रै नभएको बताउँदै राठौरले आफु पर्साको प्रहरी प्रमुख भएर आए देखि हाल सम्म ९ जना प्रहरी कर्मचारीलाई कारवाही गरेको वताउँनु भयो ।

पर्सा प्रहरीको कुनै तस्करहरुसँग साटघाट नभएको वहाले दावी गर्नु भयो । तस्करी नियन्त्रणमा नेपाल प्रहरी चौथो लेयरमा रहेको भए पनि दारुपताका साथ तस्करी नियन्त्रण तथा राजस्व छलीका घटनालाई रोक्न पर्सा प्रहरी काम गरी रहेको वहाँले वताउँन भयो ।

पर्सा प्रहरी प्रमुखलाई तल देखि माथी सम्मका हाकिमहरुलाई खुशी पार्न पैसा खुवाउँनु पर्छ भने भनाई रहेको छ ? गरिएको प्रश्नमा प्रहरी उरिक्षक राठौरले यो कुरा सरासर झुठो रहेको र आफुले त्यसतो कहिले पनि नपाएको बताउनु भयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय