फायर लाईन निर्माणमा कुनै भ्रष्टाचार भएको छैन: लखनलाल साह

spot_img

वीरगन्ज,२ भाद्र –  सवैया साझेदारी वन व्यवस्थापन समिति पर्सामा कुनै किसिमको भ्रष्टाचार नभएको समितिका अध्यक्ष लखनलाल साहले दाबी गर्नु भएको छ । उनले फाईर लाईन निर्माणमा पनि कुनै किसिमको भ्रष्टाचार नभएको वताउनु भयो । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै साहले दुई किलो मिटरको फायरलाईन निर्माण गरिने भएको भए पनि १ किलो मिटर निर्माण भएको वताउँदै निर्माण अनुसार नै भुक्तानी भएको बताउनु भयो । बाहिर भनिए जस्तो साझेदारीमा कुनै बिवाद पनि नरहेको उनले वताए ।

मेरो कार्यकालमा कुनै पनि किसिमको अनियमितता हुन नसक्ने वताउँदै उनले हामी अतिक्रमित जग्गा खाली गाएको तथा खाली जग्गाहरुमा वृक्षा रोपन गरेको वताउनु भयो । कर्मचारी अभावका कारण सोचे जस्तो द्रुत गतिमा काम गर्न नसकिए पनि सवैया मृत नभएको उनले भनाई छ । कानुनी झन्झड तथा अधिकार वाडफाडको कारण पनि काम गर्न धेरै कठिनाई हुने गरेको साहको भनाई रहेको छ ।

स्थानिय सरकारले पनि वन विकास तथा वृक्षा रोपनको लागि सोचे जस्तो निति निर्माण बनाउँन नसकेको उनको गुनासो छ । कुराकानीको क्रम साहले हामी वैज्ञानिक हिसावले योजना बनाएर काम गरी रहेको वताए । वन सिमामा रहेको वस्तीका महिलाहरु तथा युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउँने प्रयासहरु गरेको तथा धेरै महिलाहरुलाई सिलाई कटाई लगायतको तालिम पनि प्रदान गरिएको वहाँले वताउनु भयो ।

पर्सा जिल्लालाई हराभरा बनाउँने अभियानमा सवै जनाको सहयोग जरुरी रहेको साहको भनाई छ । वन सिमाका वस्तीका वासिन्दाहरुलाई रोजगारीको व्यवस्था मिलाउँन सकिए धेरै हद सम्म वन विनास रोक्ने सक्ने आफुले महशुस गरेको वताउँदै साहले सो काममा आफु लागी परेको दाबी गर्नु भयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय