गढीमाई मेलालाई मेयरले बिबादमा तान्न खोजेको छ :अध्यक्ष रामचन्द्र साह

मेला मन्दिर संचलन समितिकै नेतृत्वमा लाग्छ

spot_img

बारा,४ भदौं – श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिलाई महागढीमाई नगरपालिकाले नै बिवादमा तान्न खाजेको मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साहले वताउनु भएको छ । नेपाल पोष्ट डेलीसँगको बिशेष कुराकानीमा वहाँले हामी बिधान अनुसार तथा अदालतको निर्णय अनुसार नै अगाडी बढी रहेको वताउँनु भयो । निर्वाचनको मिति तोकिसकेको अवस्थामा अदालतमा मेयर साहेबले नै मुद्दा दिलाउँनु भएको वहाँले आरोप लगाउँनु भयो ।

अदालतमा दायर भएको मुद्दा पनि मन्दिर संचालन समितिकै पक्षमा आइसके पछि स्थानिय सरकार एकलौटी पाराले मेला आयोनाको लागि मुल कमिटि गठन गर्नु दुःखद रहेको साहको भनाई छ । मेरो नेतृत्वमा तिन पटक मेला लागेको बताउँदै अध्यक्ष साहले यति बिवाद कहिले नभएको वताउँनु भयो । मन्दिर जस्तो पवित्र संस्थालाई बिवाद पार्न नहुने वताउँदै साहले मन्दिर संचालन समितिको विधानले सबैलाई समेटेको कारण यसमा कुनै बिवाद गर्नु उचित नहुने साहको भनाई छ ।

उनले प्रमुख जिल्ला अधिकारी देखि जिल्लाका एसपी तथा स्थानिय सरकार प्रमुख सबै मन्दिर संचालन समितिको पदेन सदस्य भएको कारण मेला सबै जना मिलेर लगानु पर्ने कुरामा जोडदिनु भयो । हामी सबै एक पटकमा निर्वाचनमा जाउँ जनाताले सहि कोहो गलत को हो छुट्याउँने छन् । अदालतमा मुद्दा गराउँनेहरु पनि निर्वाचनमा सहभागि हुदैछन् । निर्वाचन पछि मात्र मेला व्यवस्थापनको लागि बनाइने समितिहरु बनाउँने उनले थपे ।

मन्दिर संचलन तथा विकास समितिको अध्यक्ष जो हुन्छ मेला उसैको नेतृत्वमा लाग्ने वताउँदै अध्यक्ष मैइ हुनपर्छ भन्ने त छैन नि ? भन्दै अध्यक्ष साहले कुनै पनि हालतमा मेलालाई बिबादमा पानु हुदैनन् वातउँनु भयो । नगरपालिकाले मुल समिति तथा उपसमितिहरु गठन गर्ने कार्य अगाडी बढाई रहदा मन्दिर संचालन समितिले केहि वोलेको छैन् नि ? भन्ने प्रश्नमा अध्यक्ष साहले हामी विधान र अदालतको आदेश अनुसार अगाडी वढने वताउँनु भयो ।

वहाँले निर्वाचन पछि मन्दिर संचालन समितिले मेला व्यवस्थापनको लागि समिति गठन गर्ने र मेला गढीमाई मन्दिर संचालन तथा विकास समितिको नेतृत्वमै लाग्ने दाबी गर्नु भयो । समितिमा व्यापक भ्रष्टाचार छ नि ? भन्ने प्रश्नमा अध्यक्ष साहले भनिए जस्तो कुनै किसिमको भ्रष्टाचार नरहेको ठोकुवा गर्नु भयो । अदालतले पनि भ्रष्टाचार नभएको भनि सकेको साहले बताए । वहाँले भ्रष्टाचारीहरु चुनावबाट भाग्न खाजेको दाबी गर्नु भयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय