वीरगन्ज,६ भदौं — सरकारको काम कारवाही मधेश बिरोधी रहेको संघिय सासंद प्रदिव यादवले वताउनु भएको छ । सरकारले ल्याएको बजेटको बाडफाडमा पनि चरण भेदभाव भएको यादवले दाबी गर्नु भएको छ । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै समाजबादी पार्टीका नेता तथा पर्सा निर्वाचन क्षेत्र नंं. १ का संघिय सासंद यादवले नागरिकता वितरण तथा लोकसेवा आयोगको पछिल्लो बिज्ञापनले पनि सरकार तथा सरकारका संवैधानिक अंग मधेश बिरोधी रहेको स्पष्ट गरेको बताउनु भयो ।
जन्मसिद्धको अधारमा नागरिकता पाएका नागरिकहरुको छोरा छोरीलाई सरकारले नागरिकता दिन बिभिन्न बहाना बनाएर अनाकानी गरेको बिषयमा आफ्नो घोर आपति रहेको सासंद यादवको भनाई रहेको छ । अदालतको निर्णय पनि मधेश बिरोधी रहेको बताउँदै यादवले अदालत माथी जनताको विश्वास घटदै गएको दाबी गर्नु भयो । लोक सेवा अयोगको बिज्ञापनको पटक पटक संसदमा बिरोध भएको छ । यसको सुनाई सरकारले गरेन भने देशलाई हामीले ठप्प पारी दिने यादवले चेतावनी दिनु भयो ।
कुराकानीको क्रममा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबावु पंडितलाई यादवले कालो भौसीको संज्ञा दिनु भएको छ । कालो भए पनि पंडितलाई गोरोको मात्र चिन्ता रहने गरेको यादवले टिप्पणी गर्नु भयो । मन्त्री पंडित पहाडी शासकको गुलाम रहेको यादवको तर्क थियो । सरकारको रवैया यस्तै रहे देश फेरी गृह युद्धमा फस्ने यादवले ठोकुवा गर्नु भयो । लोकसेवा आयोगको बिरोधमा भइरकेको अन्दोलनलाई कसैले कमजोर ठान्यो भने यो देशमा गृहयुद्ध हुने तथा हामी सडक सघर्षबाट नाका मात्र होईन देशलाई ठप्प पारी दिने सासंद यादवले चेतानी दिनु भयो । उनको पुरा अन्तरवार्ता सुन्न यो भिडियो माथी किलिक गर्नु होला ।