वीरगन्ज ९ भदौं — नेपाली काग्रेस पर्साका नेता तथा प्रदेश २ का प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले प्रदेश २ को राजधानी वीरगन्ज नभए ठूलो बिद्रोह हुने चेतावनी दिनु भएको छ । राजधानीको लागि वीरगन्जमा सबै खाले स्रोत साधारण रहेको चर्चा गर्दै प्रदेश सभा सदस्य साहले वीरगन्ज राजधानी किन हुन सक्दैन ? भन्ने प्रश्न गर्नु भयो । वीरगन्जलाई राजधानी नबनाइए ठूलो दुर्घटना हुन सक्ने वहाँले चेतावनी दिनु भएको छ ।
आन्दोलनको क्रममा वीरगन्जले सबै भन्दा वढी घाटा वेहोरेको तथा सबै दलका वरिष्ठ नेताहरुले अन्दोलनको क्रममा वीरगन्ज राजधानी हुनु पर्ने घोषणा गरेको जनताले नभुलेको वहाँले बताउँनु भयो । राजधानीको बिषयलाई नेताहरु सर्वसहमती गराउँने प्रयास गर्न खाजेको छ । हामी त्यती कै सहजरुपमा वीरगन्जको बिषयमा पछि नहडने वहाँले ठोकुवा गर्नु भयो । आन्दोलनमा मन्त्री,मुख्य मन्त्री, वरिष्ठ मन्त्री वीरगन्जलाई दिने वारेमा कुरा नभएको वताउँदै वीरगन्जलाई राजधानी बनाउँने वारेमा नेताहरु आश्वासन दिएको उने वताए । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै साहले वीरगन्जलाई धोका दिने प्रयास भयो भने हामी संदन देखि सडक सम्म तताउँने ठोकुवा गर्नु भयो ।
अहिले सरकारलाई सरकार चलाउँने बहुमत रहेको भए पनि राजधानी तथा नामाकरण लगायतको बिषयलाई निर्णय गर्न चाहिने दुई तिहाईको वहुमत नहरको साहको भनाई रहेको छ । वीरगन्जलाई राजधानी वनाइएन भने विद्रोह हुनु पर्ने कुरामा जोड दिदै नेता साहले पार्टीको निर्देशन एक ठाउँमा छ तर जनतासँग पनि हामीले भोट माग्दा राजधानी बनाउँने बिषयमा जोडदार अवाज उठाउँने बाचा गरेकोले हामी यो मुद्दाबाट पछि नहटने बताउँनु भयो । सरकारको कामले जनता निरास भएको वताउँदै नेता साह तल देखि माथी सम्म भ्रष्टाचार मौलाएको बताउँनु भयो ।
नेपाली काग्रेसले सरकारलाई काम गर्ने मौका दिएको भए पनि सरकार काम गर्न नसकेको वताउँदै नेपाली काग्रेस आदर्श र सिद्धान्तमा चल्ने पार्टी भएको कारण नेपाली काग्रेस सरकारको काम हेरी रहेको छ । प्रतिपक्षको भुमिका नेकाले खेली रहेको छ । तर अब सरकारलाई नेपाली काग्रेसले दिएको समय करिब करिब सकिएछ । आन्दोलनको आधीवेहेरी आउँछ । सरकारको प्रधान मन्त्री नै अवस्वस्थ्य रहेको कारण सरकार अब स्वस्थ रहन सक्दैन भन्दै साहले नेपाली काग्रेसले आफ्नो भुमिका देखाउने वातए । नेकालाई कसैले कमजोर ठाने उसको भुल हुने नेता साहले थपे । उनको पुरा अन्तरवर्ता सविस्तार सन्नको लागि भिडियोमा किलिक गर्नु होला

