भिजिट मधेश अभियान आन्दोलन कै स्वरुप: संयोजक ओमप्रकाश शर्राफ

spot_img

वीरगन्ज,२२ भदौं — भिजिट मधेश अभियान पनि एक खालको आन्दोलन नै रहेको भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश शर्राफले वताउनु भएको छ । नेपाल पोष्ट डेलीसँगको कुराकानीमा संयोजक शर्राफले हाल सम्म नेपाली शासकहरुले नेपालको पर्यटकिय गन्तव्य हिमाल,पाहडमा रहेका क्षेत्रहरुलाई नै प्रचार गरेको बताउँनु भयो ।

नेपालमा तीन किसिमको भौगोलिक बिबिधता रहेको भए पनि तराई क्षेत्रमा रहेको पर्यटकिय गन्यतव्य तथा सस्कृतिक कुराहरुलाई सरकारले हाल सम्म आफ्नो मेनुफेस्टो समेत समावेश नगरेको कारण पर्यटन प्रबद्धन गर्ने मामिलामा पनि मधेशलाई वाइपास गरिएको शर्राफले बताए ।

अन्दोलन भनेको तोडफोड चक्का जाम मात्र नभएको वताउँदै शर्राफले भिजिट मधेश अभियान पनि एक किसिमको रचनात्मक आन्दोलकै स्वरुप रहेको बताउँनु भयो । उनले यो अभियान अन्तर्गत कहि कतैबाट कुनै किसिमको फण्डहरु नआएको वताउँदै मिनिमम् खर्चमा समाजिक सञ्जाल तथा भोलेन्टियर्सको सहयोगमा अभियान चलि रहेको वहाँले दावी गर्नु भयो ।

यो अभियान मधेशको पहिचान समृधि तथा प्रचार प्रसारसँग जोडिएको बिषय हो । यसलाई कुनै राजनितिक पार्टी अथवा व्यक्ति बिशेषसँग गासिए हेर्न नहुने शर्राफको भनाई रहेको छ । संयोजक शर्राफका अनुसार मधेशमा हजरौ पर्यटकिय गन्तव्यहरु रहेको छ जसको प्रचार प्रसार भयो भने देश र मधेश दुवैलाई फाइदा हुन्छ ।

यो अभियानले साथर्कता पायो भने लाखौं रोजगारीहरुका अवसर सृजना हुने पक्का रहेको छ यो कुरालाई पनि राज्य ध्यान दिनु पर्ने हाम्रो माग रहेको सर्राफले बताए । एक प्रश्नको जवाफमा उनले अभियानकै कारण सरकारले पछिल्लो पटक जारी गरेको पर्यटकिय गन्तव्य १०० सुचीमा तराईका पनि केहि स्थानहरुलाई राखिएको तथा त्यसको बिकासको लागि सरकारले केहि बजेट पनि निकासा गरेको सर्राफले वताउनु भयो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय