मनोज पटेल / वीरगन्ज ३ कार्तिक पछिल्लो समयमा वीरगन्जमा व्यापक रुपमा निजि अस्पतालमा ठूलो लगानी भएको देखिन्छ । वीरगन्जमा धमाधम निजि तथा प्राइवेट अस्पतालह? खुली रहेको छ । एक समय जनताको विश्वास जित्न सफल रहेको वीरगन्जको तत्कालिन नारायणी उपक्षेत्रिय अस्पताल हालको नारायणी अस्पालको अवस्था दिन दिनै विग्रिदै गए पछि वीरगन्जमा नयाँ तथा ठूला लगानीका अस्पतालहरु खुल्ने क्रम जारी नै रहेको छ । वीरगन्जको सरकारी अस्पतालले विरामीह?को मन जित्न तथा राम्रो स्वास्थ्य सेवा दिन असफल भए पनि थप दर्जन भन्दा बढी निजि अस्पतालह? वीरगन्जमा खुलेको छ । नारायणी अस्पतालमा आएका थोरै विरामीहरुलाई अस्पतालकै डाक्टर तथा कर्मचारीहरुले निजि किलिनिकमा पठाउँने गरेका छन् त्यसरी पठाए वापत उनीह?लाई निज अस्पतालबाट राम्रो कमिसन आउँने गरेको छ ।
ठूलो अस्पताल भनाउदाह?ले सर्वसधारण जनताह?लाई मनलाग्दी पैसा असुली गर्ने गरेका छन् । नारायणी अस्पतालको अवस्था सुधार भए पनि यसरी खुलेका प्राइवेट अस्पतालह रुको विल्लीबाठ हुने पक्का रहेको कारण नारायणी अस्पतालको सुधार हुनु नदिन एउटा ठूलो गिरोह नै वीरगन्जमा सक्रिय रहेको छ । वेलावखत नारायणी अस्पतालको सुधारका लागिा मौसमि अभियानहरु अभियन्ताह रुले चलाएको भए पनि अस्पतालको दिर्घकालिन सुधारको लागि अहिले पनि खासै काम भएको देखिएको छैन् । संघ सरकारको छुट्याएको करौडो रकम कसरी खर्च गर्ने वारेमा अहिले पनि अन्यौलता कायमै रहेको छ । वीरगन्ज महानगरपालिको असक्षमताको कारण सरकारबाट आएको अनुदान पनि खेर जाने खतरा बढन थालेको छ । जग्गा उपलब्ध गराउँन नसक्दा काम अगाडी वढन नसकेको स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वीरगन्जमै आएर एक कार्यक्रम बताएका थिए ।
धनी तथा हुने खानेले त महगो अस्पतालमा गएर उपचार गराउँला तर आम सर्वसधारणले त नारायणी अस्पताललाई सुधार भएको हेर्न चाहन्छ । वीरगन्जमा खुलेका तथा निर्माणाधिन प्राइवेट अस्पतालहरु सेवा भन्दा उग्र नाफा मुखि उदेश्यका साथ खुलेका उनीह रुको सेवा शुल्क, ओपिडी शुल्क,पथ्याथोली शुल्क तथा वेड शुल्कको रेटहरुले नै प्रष्ट हुने गरेको छ । यसरी आम नागरिक तथा सर्वसधारणलाई स्वास्थय उपचारको नाम ठगी भइरहदा वीरगन्जका नागरिक समाज,राजनितिक दल तथा समाजिक संस्थाका प्रतिनिधि अगुवाह? यसलाई रोक्न खासै पहल गरेको देखिएको छैन् । वीरगन्जमा यस्तै हो भन्नेर अभियन्ताह रु सेलाउन थालेका छन् । स्वास्थ्य जस्तो अति नै समवेदनशिल कुरामा अब लापरवाही हुन हुदैनन् । त्यस कारण अब छिटै नै सबै आम नागरिक तथा युवा जागनु पर्ने देखिन्छ ।

