वीरगन्ज,३ कार्तिक – वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पालले चाइनाको राष्ट्रिपतिको नेपाल भम्रणलाई सकारात्मक रुपमा लिएको भए पनि सोचे जस्तो काम हुन सकेको टिप्पणी गर्नु भएको छ । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै महासचिव पालले चाइनासँग व्यापारमा हामीले तत्कालै मिट गर्न सक्ने अवस्था नरहेको भए पनि व्यापार घाटा कम गर्नको लागि एक कदम चाल्न सकिथ्यो भन्नु भयो ।
उनले केहि कुराहरुमा नेपाल सरकार मिललेर काम गर्ने चाइनासँग सहमति गरेको छ । त्यो राम्रो कुरा हो । हामीले चाइनासँग धेरै कुरा सिक्न सक्छौं । हामीले विदेशी लगानी पनि भित्रयाउँनु पर्छ । तर त्यसको साथ साथै स्वदेशी लगानीलाई पनि कसरी सुरक्षित गर्ने वारेमा पनि सरकारले ध्यान दिन जरुरी रहेको पालले वताउनु भयो ।
नेपालमा पछिल्लो समयमा बनाइएको कानुनहरु उद्योग तथा व्यापार मैत्री नरहेको वहाँले दावी गर्नु भयो । महासचिव पालले यस्तो अवस्था विदेशी लगानीहरु नेपालमा आउन नसक्ने वताउनु भयो । कानुनहरु यस्तो बनाइएको छ कि मानौ व्यापारीहरु अपराधी हुन केहि भइ हाले थुनी हाल्ने, पक्राउ गरी हाल्ने, माल समान जफत गरी हाल्ने यो तालले व्यापार व्यवसाय फस्टाउँन नसक्ने वहाँले वताउनु भयो । पहिला सरकारले व्यापारीहरुलाई शिक्षित बनाउँनु प¥र्यो अनि मात्र कानुन वनाउँनु प¥र्यो । अहिले पनि नेपाली धेरै व्यापारी खास गरी खुद्रा व्यापारीहरु शिक्षित छैन् कमि कसको हो ? उनीहरुलाई कर सम्बन्धि ज्ञान सरकारले दिनु पर्ने पालको भनाई छ ।
वीरगन्जको रोड नतोडन व्यापारीहरु लागेको छ नि ? भन्ने प्रश्नको जवाफमा महासचिव पालले वीरगन्ज उद्योग वाणिज्य संघ अधिकारिक रुपमा नलागेको तथा संघ विकासको बाधक नरहेको वताउनु भयो । तर वीरगन्जमा भनिए जस्तो अब मुख्य शहर भएर गएको वाटो व्यापारिक मार्ग बन्न नसक्ने वहाँले वताउनु भयो । उनले बैकल्पिक मार्ग तथा व्यापारिक मार्गको पनि विकास भइसकेको हुनाले मुख्य सडक २५/२५ तोडेरै विकास हुन्छ भन्ने कुरा छैन् त्यसमा केहि लचक्ता सम्बन्धि पक्षले अपनाउँनु पर्ने पालले वताउँनु भयो । कसरी काम क्षतीमा बढी बढी भन्दा विकास गर्न सकिन्छ यस बिषयमा ठूलो वहसको खाचो रहेको पालको भनाई छ । उनको पुरा अन्तवार्ता सुन्न भिडियोमा किलिक गर्नु होला ।

