वीरगन्ज २७ कार्तिक – नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले नेपाल भारत सिमा बिवाद सरकारकै अक्षमताले समाधान हुन नसकेको बताउँनु भएकोछ । सिमा एक आपसमा जोडिए पछि सिमा बिवाद हुनु स्वाभाविक रहेको बताउँदै यसको कुटनितिक तवरबाट समाधान हुनु पर्ने कुरामा चौरसियाले जोड दिनु भयो । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै पूर्व मन्त्री चौरसियाले सक्षम सरकारले सालिन्ता पूर्वक कुटनितिक तरिकाबाट बिबाद समाधान गर्छ । उनले उत्सृखल गति बिधि गरेर मित्र राष्ट्रको राष्ट्र प्रमुखको पुतला दहन गरेर समस्या समाधान नहुने वताउनु भयो । नेपाली भुमी कसैले मिचेको छ भने त्यो फिर्ता हुनु पर्छ ,यसमा कसैको दुई छैन् । तर यसको नेतृत्व सरकारले लिनु पर्छ ।
भारत सरकारले छलफलबाट सिमा बिबाद मिलाउँन तयार रहेको वताइसकेकाले प्रधान मन्त्रीको तहमा,कर्मचारीको तहमा र कुटनितिक तहमा गरी तीनै तहमा उच्चस्तरिय कुराकानी गरी सिमा बिवाद मिलाउँनु पर्ने चौरसियाले वताउँनु भयो । सिमा बिवाद पुरानो रहेको भए पनि मिडियामा आए पछि मात्र सरकार तातनु उचित देखिएन्, सरकारले सिमा रेखदेख पनि गर्नु पथ्र्यो चौरसियाले भने , सिमा बिबादमा सरकारसँग बिपक्षी पार्टीहरुको पनि समर्थन छ । तर सरकार नै असक्षम भए पनि कसैको केहि लाग्दैन् ।
एकता चाईनासँग सिमामा ठूलो बिबाद भएको थियो । त्यस वेला बिबि कोइरालाको नेतृत्वमा नेपाली काग्रेसको सरकार थियो । त्यती बेला सम्मान पूर्वक बिवाद वहाँले मिलाउँन भयो यो कुरा सवैलाई थाह भएकै बिषय रहेको चौरसियाले वताउनु भयो । नेपाल भारतको सम्बन्ध सनातन धर्म जतिको पुरानो छ । उत्सृखल गतिविधीले कुरा झन बिग्रन्छ । सिमा बिवाद भारतसँग मात्र होइन चाइनासँग पनि छ । दुवै देशसँग सालिन्ता पूर्वक छलफल गरी बिवाद मिलाउँनु पर्छ यो नै नेपली काग्रेसको भनाई रहेको चौरसियाले नेपाल पोष्टलाई बताउनु भयो ।
एक फरक प्रसङ्गमा चौरसियाले सरकार लोकतन्त्र बिरोधी रहेको तथा देशमा कमनिज्म शासन लादन खाजेको आरोप लगाउँनु भयो । सरकारले न्यालय,सेना,मौलिक हक,प्रेस स्वतन्त्रता,व्यापार व्यवसाय सबै क्षेत्रमा धावा बोल्न खोजी रहेको वताउँदै चौरसियाले नेपाली जनता अब चुप लागेर नवस्ने बताउनु भयो । कुराकानीको क्रममा नेपाली काग्रेसको नेतृत्वमा क्रान्ति हुने तथा यो सरकारको पतन हुने चौरसियाले ठोकुवा गर्नु भयो । सरकारको पुरा क्याविनेट नै भ्रष्टाचारमा लिप्त रहेको चर्चा गर्दै पूर्व मन्त्री चौरसियाले नेपाली जनता ५ बर्ष नपर्खने दावी गर्नु भयो ।
उनले जनता नेपाली काग्रेसको नेतृत्वमा सडक सघर्षमा उत्रिने दावी गर्नु भयो । नेपाली काग्रेस लोकतान्त्रिक पार्टी रहेको कारण पार्टी भित्र सानातिना बिवाद रहेको भए पनि नेता चौरसियाले अगामी सरकार नेपाली काग्रेसकै नेतृत्व बन्ने ठोकुवा गर्नु भयो । उनको अन्तवर्ता सुन्न नेपाल पोष्ट डेलडटकम सर्च गर्नु होला ।

