वीरगन्ज,५ माघ — नेपाली काग्रेसका नेता एवं वीरगन्ज बचाऊ सघर्ष समितीका महासचिव अरविन्द गुप्ताले आफु विकास बिरोधी नभएको प्रतिक्रिया दिएका छन् । उनले सडक फराकिलो गर्नु विकासे गतिविधी नभएर अहिलेको आवश्यक्ता भएको बताउँदै तोडफोड समस्याको समाधान नभएको दावी गर्नु भयो । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै गुप्ताले वीरगन्जको सडक फराकिलो भन्दा पनि वीररगन्जमा ट्राफिक व्यवस्थापन गर्न आवश्यक रहेको बताउँनु भयो ।
वीरगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका गुप्ताले ट्राफिक व्यवस्थापनको लागि के आवश्यक छ ? त्यस बिषयमा बहस हुनु पर्ने कुरामा जोड दिनुभयो । सरकारले कानुन मिचेर मुआब्जा बिना सडक फराकिलो गर्न नमिल्ने उनको तर्फ छ । कसैको घर तोड्न लगाएर विकासको नारा लगाउँनु विकास नभएर गिज्याउँने काम भएको गुप्ताको भनाई छ । विकासको नाममा कसैको घर नै फोड्नु द्धन्द्ध निम्ताउने जरिया भएको ठोकुवा भएको बताए ।
शहरलाई तोडेर विकास हुदैन र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा काम गर्नु पर्ने गुप्ताले बताउँनु भयोे । न्यायलय माथी आफुलाई विश्वास भएको उनले बताए । बजारबाट एक रुपैया चन्दा उठाइएको छैन् । र, न्यायलय प्रभावित पार्ने काम गरेको प्रमाणित भएमा जनता सामु जे पनि सहन त्यार रहेको गुप्ताले बताउनु भयो ।
वीरगन्ज महानगरपालिकाको पूर्वधार विकास समितिका संयोजक समेत रहेका गुप्ताले माथी सडक फाराकिलो गर्ने कामको बिरोधमा अभियान चलाएको भन्दै पटक पटक लाग्ने गरेको आरोपको उनले अन्तवर्ताको क्रममा खण्डन गरेका छन् ।
उनको पुरा अन्तवार्ता हेर्न यो भिडियोमा किलिक गर्नु होला ।

