spot_img

आंशिक प्राध्यापकहरुको आन्दोलन

spot_img
spot_img

बीरगन्ज, २९ माघ — ठाकुरराम बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले बुधबारबाट अनिश्चितकालका लागि कक्षा बहिष्कार गरेका छन् । २०६६ सालदेखि क्याम्पसमा प्राध्यापन गराईरहेका प्राध्यापकहरुले सरोकारवालाहरुलाई माघ २८ गतेसम्म समस्या समाधानका लागि अवगत गराईए पनि कुनै सुनवाई नगरेकोले बुधबारबाट कक्षा बहिष्कार गरिएको नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष तेज नारायण यादवले बताउनुभयो ।

यसैबीच, नेवि संघ ठाकुरराम इकाईले आंशिक प्राध्यापकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । इकाईका सभापति मनोज साहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको हो । साथै, नेवि संघले आंशिक प्राध्यापकहरुको समस्या छिटोभन्दा छिटो समाधान गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय