दादुरा–रुबेला खोप अभियान सम्बन्धी गोष्ठी सम्पन्न

spot_img

आर.के.चौधरी
सखुवाप्रसौनी, २९ माघ ।
दादुरा–रुबेला खोप अभियान सम्बन्धी गोष्ठी पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा वडा अध्यक्ष, सदस्य, शिक्षक, सञ्चारकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गोष्ठीमा अभियानको उद्देश्य, खोप कार्यक्रमको लक्ष्य, उपलब्धि, अवस्थाबारे जानकारी गराइएको छ । साथ, अभियानको औचित्य र संचालन प्रक्रियाबारे गोष्ठीमा छलफल भएको छ ।

अभियानको लक्ष्य दादुरा–रुबेला रोगबाट अपाङ्गता र मृत्युदरलाई शुन्य अवस्थामा पु¥याउने र दादुरा–रुबेला रोग निवारणतर्फ उन्मुख हुने रहेको गाउँपालिकाको स्वास्थ्य शाखा अधिकृत राजेश रौनियारले बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय