विकासको सवालमा मेयर विरुद्ध बोल्ने दिपेन्द्रलाई छोडेन प्रहरीले

spot_img

बरियारपुर, ६ फागुन – मेयरलाई लक्षित गर्दै टिप्पणी गरेको र भिडियो सेयर गरेको आरोपमा पक्राउ परेका दिपेन्द्र कुशवाहालाई प्रहरीले मंगलबार म्याद थप गराई अझै हिरासतमै राखेको छ ।

बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव विरुद्ध विकास निमार्ण सन्दर्भलाई जोडेर सामाजिक संजालमा भिडियो पोष्ट गरेका कुशवाहालाई मेयरको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको थियो । पक्राउ परेका महागढीमाई नगरपालिकाको वडा नं. १ बरियारपुर टोलका कुशवाहामाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

कुशवाहामाथि सार्वजनिक मुद्दा चलाइने बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।
फेसबुकमा मेयर विरुद्ध कमेन्ट गरी भिडियो सेयर गरेको आधारमा नगरपालिकाका मेयर यादवको आदेशमा नगर प्रहरीले सोमबार कुशवाहालाई पक्राउ गरी बारा प्रहरीको जिम्मा लगाएको थियो ।

यसअघि, मेयर यादवको भिडियो खिचिर अरुलाई फेसबुकमा अपलोड गर्न लगाएको भन्दै सोही नगरपालिकाको वडा नं. २ मैनी टोलका मुकेश कुशवाहाका बुबा हरेन्द्र महतो कोइरीलाई सोमबार नगर प्रहरीले चर्पीमा थुनेको थियो । यद्यपि, स्थानीयले दबाब दिएपछि नगर प्रहरीले हरेन्द्रलाई रिहा गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय