फागुन ९ वीरगंज- सामाजिक र धार्मिक विकृति हटाउन धार्मिक कार्यक्रम आवश्यक रहेको सांसद प्रदिप यादवले बताउनुभएको छ ।
बीरगन्जको सुरुजीदेवी माध्यमिक विद्यालयमा आयोजित ८४ औं शिवरात्री जयन्तीः अनुसरण शिवरात्री स्वर्णिम महोत्सव पर्वको अवसरमाा आयोजित कार्यक्रममा बोल्दै यादवले अध्यात्मवादले नै सही समाजको निर्माण गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद यादवले धर्मको नाममा पैसा माग्ने अगुवाहरुबाट सचेत र सजग रहन आमजनतालाई आग्रह गर्नुभयो । मानिसभित्र रहेको अपराध हटाउन ओम शान्तिले धेरै नै मद्दत गर्ने भन्दै ओम शान्तिको अभियान चलाई अपराध मुक्त, सुखी एवं समृद्ध समाज निर्माणमा टेवा पु¥याउन ओम शान्ति, बीरगन्जकी संचालक रबिना दिदीलाई सांसद यादवले आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रविना दिदीले एक दिन शिवरात्रिमा पूजा गरेर शिव पूजा सफल नुहने भन्दै सधैं हृदयदेखि नै शुद्ध र सफा मनले भगवानको भक्तिमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा धार्मिक आस्थासंग जोडिएका विभिन्न सांस्कृतिक गीत, संगीत लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रविना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद भीमा यादव, नेपााली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, समाजवादी पार्टीका जिल्ला उपध्यक्ष मुस्तकीम अंसारी, श्याम पोखरेल, समुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, प्रभु अस्पतालकी संचालिका डा. लक्ष्मी थापा, डा. अशोक दास लगायतको उपस्थिति रहेको थियो ।

