फागुन ११, बीरगन्ज
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादवले जनताका हरेक समस्याको समाधान गर्न आफु तत्पर रहेको बताउनुभयो ।
“समस्या कहाँबाट समाधान हुन्छ, त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह नै किन नहोस् ? सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गरी आफ्नै पालामा आफ्नो क्षेत्रलाई समृद्ध बनाउँछु” यादवले बताउनुभयो । समस्या समाधानका निम्ति संसददेखी सडकसम्म सधंै जनताको विकास र समृद्धिको कुरा उठाई रहने सांसद यादवको दाबी छ ।
‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आईतबार सांसद यादव जनतासंग भेटघाट गर्न बीरगंज महानगरपालिकाको वडा नं. १८ भवानीपुर पुग्नुभएको थियो । सांसद यादवले आइतबार भवानीपुरको समस्याबारे स्थानीयहरुसँग छलफल गर्नुभयो । छलफलमा स्कुल निर्माण, समसानघाट निर्माण, पोखरी सौन्दर्यीकरण, सडक ढलान लगायतका स्थानीयले राखेका समस्या यादवले सुनेर समस्या चाँडै नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

