बारा, ११ फागुन – नेपाली कांग्रेस बाराले बरियापुर घटनाका दोषीलाई कारवाहीको माग गर्दै आईतबार र्याली निकालेको छ ।
नेपाली कांग्रेस विीप स्मृति भवन कलैयाबाट निस्केको र्यालीले कलैया बजार हुदंै जिल्ला प्रहरी कार्यालय बारा अगाडि पुगेर प्रदर्शन गरेको थियो ।
प्रर्दशनका सहभागीहरुले दोषीलाई कारवाही गर, साईबर अपराध गर्नेलाई कानुनी कारवाही गर लगायतका नारा लगाउदैं बरियारपुर घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।
बारा काँगे्रसका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा निस्केको र्याली प्रदर्शनमा उपसभापति सुरेन्द्र गुप्ता, सचिवद्वय मनोज भट्ट र हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारादेवी कानु, नेपाली कांग्रेसका नेता राजेश यादव, रामप्रवेश यादव, भैयाराम यादव, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेविसंघका नेता राकेश पाण्डेय, नेजामुद्दिन अंसारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
घटनाका दोषीलाई राजनितिक रुप दिएको आरोप लगाउदैं र्याली प्रदर्शन गरिएको र घटनाको निष्पक्ष छानबिन नगरीए चरणबद्ध आन्दोलनमा उत्रिने नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताउनुभयो । प्रदर्शनपछि सभापति चौरसियाको टोलीले बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीसंग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।

