spot_img

रगत सम्बन्धी रोगका बिरामीका लागि स्वास्थ्य शिविर हुने

spot_img
spot_img

फागुन १४, बीरगन्ज – बीरगन्ज रगत सम्बन्धी रोग लागेका असहायहरुका स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आगामी चैत्र १२ र १३ गते शिविर आयोजना गर्न लागेको जनाएको छ ।

रगतको क्यान्सर जस्ता उपचार खर्चिलो भएका रोगहरु लागेका बिरामीहरुलाई सहज, शुलभ तथा निशुल्क रुपमा फाउण्डेशन पर्साले उपचारको व्यवस्था गर्ने भएको छ । सो शिविरमा भारतको दिल्ली फोर्टिस अस्पतालका प्रख्यात हेमाटोलोजिस्ट डा.सन्तोष राउतले स्वास्थ्य सेवा दिने आयोजकले जनाएको छ ।

जी.पी.कोईराला फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा बुधबार बसेको बैठकले निशुल्क स्वास्थ्य शिविरको निर्णय गरेको हो । बैठकमा फाउण्डेशनका सह सचिव मिन्टु देवी सिंह, कोषाध्यक्ष मनोहर कुमार साह, मनोज पटेल ,सन्तोष सिंह, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र सिंह, धिरज कुमार गुप्ता, प्रेस युनियन पर्साका कोषध्यक्ष इरफान अली, नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन, जनस्वास्थ्य पर्साका एच ए जयमोद ठाकुर, सुनिल सिंह लगायतका उपस्थिति रहेका थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय