अवैध घरेलु मदिरा नष्ट

spot_img

फागुन १४, बारा – विभिन्न समयमा बरामद गरिएको अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराले बुधबार २ हजार लिटर अवैध मदिरा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीको नेतृत्वमा अवैध मदिरासहित जितपुरसिमरा उपमहानगरपालिका वडा ४ स्थित दुधौरा खोला पुगेको प्रहरी टोलीले सो परिमाणको मदिरा नष्ट गरेको छ ।

स्थानीय जनप्रतिनिधि, संचारकर्मी तथा स्थानीय नागरिकहरुको उपस्थितिमा मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय