spot_img

आँखा परिक्षण शिविर सम्पन्न

spot_img
spot_img

फागुन १४, बीरगन्ज – बीरगन्जमा बुधबार निःशुल्क आँखा परिक्षण तथा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा बीरगन्ज महानगरपालिका वडा नं. २ स्थित रहेको ग्रिनल्याणड माविमा सो कार्यक्रम सम्पन्न भएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता र सिमा प्रहरी चौकी छपकैयाका ईन्चार्ज बिनोद रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५३ छात्र र १०९ जना छात्रा गरी जम्मा २६२ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ । जसमध्ये आँखाको समस्या देखिएका १२ जनालाई किरण आँखा अस्पतालबाट विशेष छुटमा उपचार गराइने जनाइएको छ ।

साथै, सोही क्रममा कोरोना भाइरस सम्बन्धी विभिन्न सचेतनामुलक पर्चा तथा पम्लेटहरु समेत वितरण गरिएको थियो ।
कार्यक्रममा किरण आँखा अस्पतालका नेत्र सहायक सन्तोष यादव, रामबाबु चौरसिया, अन्द्रिका यादव, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य ऐसहनुल हक, जेयाउल हक सामानी, अजित कुमार भुजेल, अब्दुल कैश मियाँ तेली, विद्यालयका प्रिन्सिपल उपेन्द्र पंडित लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय