महिलाको क्षमता बिकास भए समाजको विकास सम्भव : मेयर सरावगी

spot_img

फागुन १४, बीरगन्ज – बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महिलाहरुको क्षमता विकास भए मात्र समाज विकास हुने बताउनुभएको छ ।

संस्कृति, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा शुरु भएको ३ दिने पुनः प्रयोग योग्य सेनेटरी प्याड बनाउने टिओटी र महिनावारी तथा प्रजनन स्वास्थ्यबारे अभिमुखिकरण कार्यक्रममा बोल्दै मेयर सरावगीले यस्तो बताउनु भएको हो । प्रजनन स्वास्थ्य तथा महिनावारीका विषयमा अब समाजमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना गर्नुपर्ने बताउदंै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख सरावगीले यसको शुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख सरावगीले संस्कृतिले गर्ने हरेक क्रियाकलाप तारिफ योग्य भएको हुँदा आगामी दिनमा महानगरपालिकाले पनि सहकार्य गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बीरगन्जस्थित काभेरी एकेडमीमा बुधबारबाट सो अभिमुखिकरण तालिममा समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले

प्रशिक्षण दिईरहनु भएको छ । तालिममा २० महिला र युवाहरुको सहभागिता रहेको संस्कृतीका किरण गिरीले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई कपडाबाट प्याड बनाउने प्रक्रियाका बारेमा सिकाउनुका साथै महिनावारी र प्रजनन स्वास्थ्यबारे विभिन्न विषयमा जानकारी समेत गराईएको बताउनुभयो ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा काभेरी एकेडमीका सञ्चालक तथा व्यवसायी श्याम तुल्स्यान, संस्कृतिका हिमांशु बरनवाल, शशिकान्त सर्राफ, विवेक बरनवाल, आयुष पोख्रेल, रोहित गुप्तालगयातको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्कृतिका कार्यक्रम संयोजक आशु कुमार सर्राफले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय