बारा, १४ फागुन – कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै बाराको महागढीमाई नगरपालिकाका कर्मचारीहरुले बुधबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन महागढीमाई नगरपालिका ईकाई बाराको आहवानमा नगरपालिकाका कर्मचारीहरूले कालोपट्टी बांधेर कामकाज गरेका हुन् ।
सो नगरपालिकाका कर्मचारी ट्रयाक्टर चालक साहेब प्रसाद यादवमाथि आक्रमण गर्नेलाई खोजतलाश गरी कारवाही गर्नुपर्ने कर्मचारीको माग छ । । घटना भएको ६ दिन बितिसक्दा पनि दोषीलाई हालसम्म पक्राउ नगरिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका एसोसिएसनका सचिव रामविश्वास चौरसियाले बताउनुभयो ।
आन्दोलन अन्तर्गत १५ गतेदेखि १९ गतेसम्म कामकाज ठप्प पारेर धर्नामा बस्ने र २० गते देखि अनिश्चितकालका लागि कार्यालयको सम्पुर्ण कामकाज ठप्प पार्ने सचिव चौरसियाले जानकारी दिनुभयो ।

