spot_img

सांसद प्रदिप यादवले गरे मन्दिरको शिलान्यास

spot_img
spot_img

फागुन १७, बीरगन्ज – पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदिप यादवले धर्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाजिक प्रतिष्ठा र शक्तिसंग जोडिएको बताउनुभएको छ । मठ मन्दिरले पुर्खाहरुको इतिहास, संस्कृति र भेषभूषालाई पनि जर्गेना गर्न निकै ठुलो महत्व बोक्ने हुनाले धार्मिक आस्थासँग जोडिएको मठमन्दिरलाई संरक्षण, सम्बद्र्धन तथा विकास कार्यमा पनि आफु लागिपरेको यादवको भनाई छ । यादवले भेडियाहीस्थित रहेको शितलामाई मन्दिरको शिलान्यास गर्दै यस्तो बताउनुभएको हो ।

बीरगन्ज महानगरपालिकाको वडा न. १५ भेडियाहीमा रहेको सो मन्दिरको शनिवार यादवले विधिवत रुपमा पूजापाठ गरी शिलान्यास गर्नुभएको हो । संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनः निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम मन्दिरको शिलान्यास गरिएको सांसद यादवले बताउनुभयो । संसदीय कोषबाट रु १० लाखको लागतमा उपभोक्ता समितिमार्फत काम हुने गरि मन्दिरको शिलान्यास गरिएको यादवले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा समाजवादीका बीरगंज महानगर कमिटी अध्यक्ष इश्वर यादव, जिल्ला सदस्य रमेश यादव, युवा नेता कुन्दन ंिसंह कुर्मी, समाजवादी बिद्यार्थी ठाकुरराम एकाई अध्यक्ष ठाकुर हरिन्द्र साह, युवा नेता ओम प्रकाश सर्राफ लगायत उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय