spot_img

माइतीघर मण्डलाको आन्दोलन सम्बोधन गर्न सांसद राईको सरकारलाई आग्रह

spot_img
spot_img

काठमाडाै,०२ असार । प्रतिनिधिसभामा मंगलबार बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सुकुमवासी र भूमिहीनको दीर्घकालीन समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले सप्तरीको राजविराज मा करिब ८५ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयले जग्गाधनी पुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलन गरिरहेको उल्लेख गरे। करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्ने ती बासिन्दाले नगरपालिकालाई कर तिरे पनि स्वामित्व नपाउनु अन्याय भएको उनको भनाइ थियो।

त्यस्तै, उनले सुनसरीको रामधुनी–७ क्षेत्रमा पर्ने करिब ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयले अझै लालपुर्जा नपाएको विषय पनि उठाए। सो क्षेत्रमा नक्कली जग्गाधनी खडा गरी स्थानीयलाई दुःख दिइएको दाबी गर्दै उनले तत्काल छानबिनको माग गरे।

सांसद राईले सीमा क्षेत्रमा हुने डुबान र नदी व्यवस्थापनका विषयमा पनि प्रश्न उठाए। उनले रौतहट नजिकैको क्षेत्रमा भारततर्फ बनेका बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको गुनासो आएको उल्लेख गरे।

त्यसैगरी, उनले प्रधानमन्त्री बालेन शाह को “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उक्त भनाइ संसद् रेकर्डबाट हटाउन माग गरे।

बैठकमा उनले माइतीघर मण्डलामा लामो समयदेखि जारी धर्ना र आन्दोलनहरूबारे पनि सरकारलाई गम्भीर हुन आग्रह गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय