साउथ जोन माविमा विज्ञान प्रदर्शनी सम्पन्न

spot_img

वीरगन्ज,१८ फागुन –  वीरगन्जको राधेमाईमा रहेको साउथ जोन माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजान गरिएको प्रदर्शनीमा विद्यालयको कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले वनाएका १५० भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित मेसिनहरु समावेश गरिएको थियो । प्रदर्शनीमा स्कुलका विधार्थीहरुले वनाएका रोवोट,ई–स्कुटी,जेसेवी,हाइड्रोलिक ब्रिज लगायत विज्ञान प्रविधिसँग सम्बन्धीत मेसिनहरु प्रदर्शनी गरिएको थियो । विज्ञान प्रदर्शनीमा स्कुलले निर्णायकको रुमा वैज्ञानिक डा. बिपी यादव,डा. आरएन महतो तथा अख्तर हुसेनलाई आमन्त्रण गरेको थियो । निर्णायकहरुले प्रदर्शनीको अवलोकन पश्चात दिएको नम्बरको अधारमा बिजेता हुने ग्रुपलाई स्कुलले पुरस्कार पनि प्रदान गरेको थियो ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट सामग्रीलाई पहिलो, दोस्रो र तेस्रो गरि नगद पुरष्कारले सम्मानित समेत गरिएको थियो । ४ कक्षा समुहमा भएको प्रतियोगितामा कक्षा ८ र ९ तर्फबाट रंदिर कुमार प्रथम भएका थिए भने अभिषेक दास र भावना चौधरी दोस्रो र प्रितम पटेल र अनुप यादव तेस्रो भएका थिए । त्यसैगरी ६ र ७ तर्फबाट बिनय बैठा प्रथम, कृपा साह दोस्रो र प्रिन्स कुशवाहा तेस्रो भएका थिए । कक्षा ४ र ५ बाट आदित्य कुमार प्रथम, अंकुश पटेल दोस्रो र रिशु यादव तेस्रो भएका थिए । त्यसैगरी कक्षा १, २ र ३ समुहबाट अंकित साह प्रथम, आयुष कुशवाहा दोस्रो र नितेश चौरसिया र आशा कर्ण तेस्रो भएका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्याबसन पर्साका अध्यक्ष डा।हरिशंकर साहले अबको शिक्षा सैद्धांतिक मात्र नभएर व्यावहारिक हुनुपर्ने बताए । उनले विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउन सफल भएकोमा विद्यार्थीहरुलाई बधाई दिंदै आगामी दिनहरुमा पनि यस्ता प्रदर्शनी र प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।

विजेता विद्यार्थी समूहलाई प्याब्सन पर्साका अध्यक्ष डा हरिशंकर साह, वडा नं १३ का अध्यक्ष तुफान फारुक अन्सारी, जसपाल सिंह लगायतले विद्यालयको तर्फबाट नगद पुरस्कार प्रदान गरेका थिए । विद्यालयमा अध्ययनरत छात्रछात्राहरुमा रहेको प्रतिभा बाहिर ल्याउन प्रदर्शनीको आयोजना गरिएको विद्यालयका संचालक सरोज चौधरीले बताउँनु भयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय